साइपालखबर संवाददाता
बझाङ । २०६८ सालको जनगणना अनुसार बझाङको जयपृथ्वी नगरपालिकामा ४ हजार १५ घरधुरी र २२ हजार १९१ जनसंख्या थियो । लामो समय सम्म जनसंख्याको अवस्था अद्यावधी नभएकोले योजना तर्जुमा वास्तविक नहुने भन्दै नगरपालिकाले पुन तथ्याङक संकलन गर्यो । ११ वडामा १४ जना गणक परिचालन गरेर गरिएको गणनाले यहाँ ४ हजार ७३३ घरधुरी र २८ हजार ८६५ जनसंख्या रहेको पत्ता लाग्यो । २०७८ जेठमा सम्पन्न भएको नगरपालिकाको गणनाले १० वर्षको अवधीमा ७१८ घरधुरी र ६ हजार ६७४ जनसंख्या बढेको पाइयो ।
यसको विपरित हालै सम्पन्न राष्ट्रिय जनगणनाको केन्द्रिय तथ्याङक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा यस नगरपालिकाले संकलन गरेको तथ्याङक भन्दा निकै फरक परे पछि जनगणनामा गम्भिर लापरवाही भएको नगरपालिका कर्मचारीहरुले बताएका छन् ।
जनगणनाको प्रतिवेदन अनुसार जयपृथ्वी नगरपालिकामा ४ हजार ८८ घरधुरी र २१ हजार ९७३ जनसंख्या रहेको छ । तथ्याङकले यहाँ भएको घरधुरी संख्या र जनसंख्या दुवै घटाइदिए पछि नगरपालिकाको तथ्याङक शाखाका कर्मचारीहरु चकित परेका छन । नगरले खटाएका गणकहरु प्रत्येक घरमा गएर लिएको तथ्याङक अवास्तविक लागे पछि सुचना अधिकारी सुमन बोगटीले जनगणना अधिृकतलाई फोन पनि गरे तर उनिवाट चित्त बुभ्दो जवाफ नपाएको उनले बताए ।
‘जनगणना अधिकृत लाई फोन गर्दा व्यक्ती जहाँ वसेको छ त्यतै गणना भएको हुनाले जनसंख्या घटेको होला भन्नु भयो । व्यक्तीको हकमा त त्यो ठिक पनि हुन सक्छ । ६४५ घर त त्यही छन । त्यत्रो घरधुरी कसरी फरक पर्यो भन्दा उहाँले जवाफ दिन सक्नु भएन’ बोगटीले भने ‘जनगणनामा गम्भिर लापरवाही भएको देखियो । यो कसरी हुन्छ सच्याउन लाउनु पर्यो’ उनले जनगणनाको तथ्याङकलाई आधार मानेर विभिन्न तहका सरकार र गैरसरकारी क्षेत्रले योजना तर्जुमा र नितिगत काम गर्ने भएकोले नक्कली तथ्याङकका आधारमा गरिने काम पनि नक्कली हुने भएकाले तत्काल सच्याउनु पर्ने बताए ।
बझाङको जयपृथ्वी नगरपालिका मात्रै नभएर १२ वटै पालिकाकाको तथ्याङकमा पालिकाहरुले विश्वास गर्न सकेका छैनन । २०७४ सालको स्थानिय तहको निर्वाचन पछि प्रत्येक घरमा गएर तथ्याङक संकलन गरी पालिकाको पाश्र्वचित्र बनाएका पालिकाहरुले केही वर्षको अन्तराल मै जनसंख्या र घरधुरी संख्यामा व्यापक रुपमा घटेकोले जनगणनाको तथ्याङक विश्वास योग्य नभएको बताएका हुन ।

‘२ वर्षको अवधी मै चार सय भन्दा बढी घरधुरी र ६ हजार बढी जनसंख्या घटेको रिर्पाेट देख्दा हामी छक्क परेका छौ’ बुङगल नगरपालिकाका सुचना अधिकारी रमेश कुमार कार्कीले भने ‘यति छोटो अवधी मा जनसंख्या कसरी घटछ । न त्यत्रो संख्यामा मान्छे मरेका छन । नत वसाई सराई नै गरेका छन । यो त हचुवाको काम भयो’ उनले जनगणनाको प्रारम्भिक प्रतिवेदन आए पछि आफुले बसाई सराई, जन्म तथा मृत्यू दर्ताको रेर्डक पनि भिडाएर हेरेको बताउदै भने ‘हामीले २०७६ सालमा लिएको भन्दा अझै जनसंख्या बढेको देखिन्छ ।’ उनले भने । बुङगल नगरपालिकामा बि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार ५ हजार ४८० घरधुरी संख्या र कुल जनसंख्या ३३,२२४ रहेको थियो भने नगरपालिकाले २०७६ सालमा संकलन गरेको तथ्याङ्क अनुसार ५ हजार ७३५ घरधुरी र कुल जनसंख्या ३९ हजार ५५० रहेको छ । तर जनगणनाको प्रारम्भिक प्रतिवेदनमा यस पालिकामा घरधुरी संख्या ५ हजार ३५७ र जनसंख्या ३३ हजार ४८७ रहेको छ ।
एउटा गैर सरकार संस्थाले संचालन गरेको परियोजना अन्र्तगत प्रत्येक घरमा पुगेर जिपिएस तथ्याङक सहित २ वर्ष अघि लिएको तथ्याङक भन्दा जनगणनाको तथ्याङक फरक भए पछी मष्टा गाउ“पालिकाका कर्मचारीहरु पनि जनगणनामा लापरवाही भएको भन्दै आक्रोसित बनेका छन । पालिकाले संकलन गरेको तथ्याङकमा २ हजार ७९८ घरधुरी र १७ हजार ९०९ जनसख्या रहेकोमा जनगणनाको प्रारम्भिक तथ्याङकले यहा“ २ हजार ५१९ घरधुरी र १३ हजार ५८४ मात्रै जनसंख्या देखाएको छ ।
जनगणनाको प्रारम्भिक तथ्याङक अनुसार २०६८ सालको जनगणना पछि साइपाल गाउ“ पालिका बाहेक सबै पालिकाहरुको घरधुरी संख्या र जनसंख्या घटेको देखाइएको छ । साइपालमा भने २०६८ सालमा ३६३ घरधुरी रहेकोमा हाल ४५४ पुगेको र जनसंख्या बढेर २ हजार १८२ बाट २ हजार ६८१ पुगेको देखाइएको छ ।
२०६८ सालको जनगणना ताका बझाङमा ३३ हजार ७७३ घरधुरी र १ लाख ९५ हजार १५९ जनसंख्या रहेकोमा अहिले घटेर ३२ हजार ९१६ घरधुरी र १ लाख ८९ हजार ९७ जनसंख्या रहेको तथ्याङक सार्वजनिक गरेको छ ।
जनगणनाको क्रममा केही प्रक्रियागत त्रुटीका वास्तविक गणना हुन नसकेको र कतिपय गणकहरुले हचुवाको भरमा तथ्याङक संकलन गरेका कारण वास्तविक तथ्याङक आउन नसकेको स्वयं जनगणनामा संलग्नहरु बताउछन । कतिपय तालिम प्राप्त गणकहरु तथ्याङक संकलनमा नगएर खेताला पठाएर गणना गरेका कारण पनि तथ्याङकमा त्रुटी देखिएको स्थानियहरुले बताए ।
‘गाउँमा गयो भने कतिपय घरका मानिसहरु सदरमुकाम वा बजार क्षेत्रमा बसेका छन भने जहाँ बसेको छ, त्यही गणना गर्ने भनेर सिकाएको हुनाले हामीले त्यसै गर्न खोज्यौं तर बजारमा उनिहरु कहाँ बसेका छन भनेर कोठा पत्ता लगाउन सकेनौ र त्यसै छोडिदियौ’ जयपृथ्वी नगरपालिकाकी एकजना गणकले भनिन ‘टाढा टाढाका गणक साथीहरुले त अन्दाजको भरमा फोनबाट पनि गणना गरेर फारम भरेका छन । त्यसो गर्दा त्रुटी त देखिने नै भयो’ यस विषयमा आफु लगायत केही गणकहरुले जनगणना अधिकृतलाई उतिवेलै जानकारी गराएको भए पनि अधिकृतले वास्ता नगरेको उनको भनाई छ ।
‘व्यक्तीको तथ्याङक जहाँ बसेको छ त्यहीबाट लिनु पर्ने भएकाले तलमाथी हुनु स्वभाविकै हो । यहाँ त घरधुरीको तथ्याङक नै धेरै फरक देखिएको छ’ जयपृथ्वी बहुमुखी क्याम्पसका जनसंख्या विषयका दिर्घराज पण्डितले भने ‘सुपरिवेक्षक नै खटाएर सुरुमै संकलन गरिएको घरधुरीको डाटामा नै त्रुटी देखिन्छ । यो समय मै सच्याउनु जरुरी छ’ उनले यही तथ्याङकलाई आधिकारीक मान्ने हो भने भविश्यमा हुने योजना तर्जुमा तथा निति कार्यक्रम निर्माणका कामहरु प्रभावित हुने बताए ।
इता जिल्ला जनगणना कार्यालय बझाङका जनगणना अधिकृत दिपेन्द्र बोहराले हाल सार्वजनिक भएको प्रतिवेदन प्रारम्भिक भएकोले केही त्रुटी भएको हुन सक्ने बताउदै पुर्ण प्रतिवेदन आउँदा त्यो सच्चिएर आउने बताए । ‘अहिले सार्वजनिक भएको प्रारम्भिक प्रतिवेदन मात्रै हो । कतै जोड घटाउमा त्रुटी भएकोले पनि त्यस्तो भएको हुन सक्छ । फाइनल रिर्पाेट आउँदा त्यो सच्चिन्छ’ उनले भने ।
