‘रेलको बाटो’ पछि ‘मन भित्र’ लिएर आए सुरज

भिडियो मनोरञ्जन

साइपालखबर संवाददाता
काठमाडौं । सुदूरपश्चिमबाट उदाउदै गरेका कलाकार अविनाश थापा काजी र रसुका पुन मगरको मुख्य अभिनयमा नयाँ आधुनिक गित ‘मन भित्र’ सार्वजानिक भएको छ । पछिल्लो समयका रेलको बाटो गितबाट चर्चित कर्णालीका गायक सुरज पण्डितले सोमबार आफ्नै युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन् । गितमा उनैले स्वर दिएका छन् ।

https://www.youtube.com/watch?v=JtwJh5FqjhI

गहिरो प्रेममा बाँधिएको प्रेमजोडी एकाएक छुट्टिदा प्रेमिप्रेमिकाको सम्झनामा तड्पिएर ज्यान समेत गुमाउनु परेको पिडाको कारुणिक कथा गितमा प्रस्तुत गरिएको छ । यसमा संगितको क्षेत्रमा सुदूरपश्चिमबाट विगत एक दशकदेखि निरन्तर सक्रिय रहेका निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डोको निर्देशनमा रहेको छ । भने नविन थापा र राजेन्द्र विष्टको सहायक भुमिका रहेको छ ।

श्रीराम फिल्म्स्को दृश्य निर्माणमा रहेको उक्त गितको छायांकन अमित विकले गरेका थिए भने सह–छायाकंन हिक्मत पाठक एवम् मेकअप रमिला चौधरीले गरेकी थिइन् । असाध्यै सुन्दर तरिकाले सुदूरपश्चिमका विभिन्न ठाउँमा छायाकंन गरिएको उक्त गितमा यस क्षेत्रका विभिन्न ठाउँको प्रचारप्रसार गर्ने हेतुले पनि निर्देशकले नयाँ प्रयोग गर्न खोजेका छन् । उक्त गित सुटिङकै बेला दर्शकको प्रतिक्षामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *