वडा कार्यालय आवत जावत गर्दा मात्रै छ हजार खर्च गर्नु पर्ने बाध्यता

रिदम सिंह
बझाङ । जिल्लाको सुर्मा गाँउपालिका वडा नं. २ का स्थानियहरु वडा कार्यालय टाढा हुँदा मर्कामा परेका छन् । सुर्मा गाँउपालिका वडा नं. २ गजौनका स्थानियहरु वडा कार्यालयको सेवा लिनका लागी मात्रै ६ हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । सुर्मा गाँउपालिका वडा न. २ को वडा कार्यालय पुग्न गजौन बासीले गजौन हुदैँ चैनपुर र चैनपुरवाट वडा कार्यालय डोगडी जानु पर्ने बाध्यता रहेको छ । सामान्य सिफारिस लिनका लागी मात्र त्यहाँका स्थानियहरुले दुइ दिनको पैदल वाटो हिड्नु पर्ने हुन्छ ।
गाँउभन्दा १२ किलोमिटर टाढा गोठेचौरसम्म सडक संञ्चालन भएकाले त्यहाँबाट वलेरो बुकिङ गरेर वडा कार्यालय आउँदा ३ हजार र घर फर्कदा पनि ३ हजार गरी ६ हजार यातायात खर्च मात्र लाग्ने गरको स्थानिय दिपक बोहराले बताउनु भयो । स्थानिय तहको निर्वाचन भइसकेपछी वडा कार्यालय सवै जनताको पायक पर्ने स्थानमा राख्न आग्रह गरेको भएपनि पहुचवालाले डोगडीमा नै वडा कार्यालय बनाउँदा गजौनबासीलाई समस्या भएको बोहराले बताए ।
केही दिन अघी मात्र वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुको बैंक खाता अनिवार्य र खाता खोल्नका लागी वडा कार्यालयमा आउनु पर्ने सुचना गरेको थियो । वडा कार्यालय टाढा भएका कारण गाँउमा नै खाता खोल्न सक्ने ब्यबस्था मिलाउन भन्दै जनप्रतिनिधीहरु लाई आग्रह गरेको भएपनि जनप्रतिनिधीहरुले त्यसलाई स्विकार नगरेको स्थानिय रामबहादुर बोहराले बताए । त्यसपछी गजौनका बृद्धहरुलाई बोकेर वडा कार्यालय पुर्याइएको थियो । गाँउसम्म सडक संञ्चालनमा आउन नसकेको र आफु हिड्न सक्ने अवस्थाको नभएपछी नातीले बोकेर वडा कार्यालय पुर्याएको ९२ वर्षिया रनकला बोहराले बताइन् । “दुई दिनसम्मको पैदया यात्रा गर्दा बेलाबेला बाटोसमा समस्या भएको थियो । तीन दिनसम्म त ज्वरो आयो उनले भनिन् ।” ९७ बर्षिया धुप्रु बोहरालाई पनि बोकेर नै वडा कार्यालय पुर्याएको बोहराका नाती दिपक बोहराले बताए । बोहराले भने, “चुनावको बेला हात जोड्दै गाँउ छिरेका नेताहरुलाई अहिले गाँउ जान समस्या हुने भएको रहेछ । गाँउका समस्यालाई समाधान गछौ भन्ने फुस्रा आश्वासन मात्र दिएको रहेछन् ।”
वडाका जनप्रतिनिधीले गजौनका बुद्धहरुको खाता खोल्नका लागी गाँउमा नै कर्मचारी पठाउने भनेको भएपनि वडा कर्मचारीले नमान्दा बोकेर वडा कार्यालयसम्म पुर्याउनु परेको स्थानिय कलक बोहराले बताउनु भयो । स्थानिय तहको निर्वाचनका वेला घरमा नै भोट माग्नका लागी बोकेर मतदान केन्द्रसम्म लिन आएका नेताका कार्यकर्ताहरु जितीसकेपछी गाँउमा एकपल्ट पनि फर्केर नआएको गजौनका स्थानियहरुले दुःखेसो गर्ने गरेका छन् । अहिले गजौनमा २ हजार पाँच सय जनसंख्या रहेको छ । तरपनि वडा कार्यालयले खासै चाँसो नदिने गरेको स्थानिय बताउदै आएका छन् ।

बृद्धभत्ताका लागी खाता खोल्न बोकेर वडा कार्यालय बोकेर बृद्धहरुलाई ल्याउदै गजौनका स्थानिय । फोटो: साइपाल खवर डटकम