बझाङमाथी प्रतिबन्ध लगाउने अम्पाएर राज खड्काको नियत गलतः पृष्ठभुमी विवादै-विवादको कुण्ड

रिदम सिंह
बझाङ । सुदुरपशिचम खेलकुद समितीको आयोजनामा कैलालीको धनगढीमा संञ्चालन भईरहको प्रथम प्रदेशस्तरी पुरुष भलिवल खेलमा बझाङ र अछामका खेलाडी कार्वाहीमा परेका छन् । रेफ्री र खेलकुद समितीको मिलेमतोमा कैलाली र कन्चनपुरलाई विजेता बनाउने वा जसरी पनि फाइनल खेल खेलाउने सेटिङ अुनुसार प्रतियोगिताकै बलियो मानिएका बझाङका खेलाडीहरुलाई खेलमा चालबाजी गरेर प्रतिबन्द लगाएको हो । अम्पाएर र आयोजकले बझाङका खेलाडीको उत्कृष्ट र राइट बललाई समेत फल भनेर नम्बर विपक्षी खेलाडीलाई दिने गरे रणनितिलाई अपनाएर बझाङलाई खेलबाट बाहिर पठाएका थिए । बझाङ र बैतडीवीचको खेल भइरहेको समयमा मुख्य अम्पाएरको जिम्मेवारी पाएका राज खड्काले आफुहरुलाई हराउने नियतले नै पक्षपात गरेको खेलाडीहरुले बताएका छन् ।
तुलनात्मक रुपमा कमजोर टिम बैतडीलाई खेलको अघिल्लो चरणमा लिएको खण्डमा समुह चरणका अन्यखेलमा कैलालीलाई समुह चरणको खेलभन्दा अघाडीका खेलमा अघाडी बढ्न सहज हुने अम्पाएरको रणनिती रहेको थियो । कमजोर प्रतिबन्द्धीको रुपमा रहेको कैलालीलाई खेलमा अघाढी धकेल्ने मनसाय अम्पाएरले बोकेको रहेको देखिन्छ ।
लगातार आफुहरुका दशवटा बललाई फल भनेर नम्बर बैतडीलाई दिदाँपनि आफुहरु अनुशासित भएर खेल खेलिरहेको बझाङका खेलाडी सन्दिप शाहीले बताउनु भयो । आफुले प्रहार गरेको स्पाइक चेक लागेर रिसिभको हातबाट बाहिरीको भएपनि उल्टै नम्बर बैतडीलाई दिएपछि विबाद सुरुभएको उहाँले बताउनु भयो । अम्पाएरले लगातार नैतिकता गुमाउन थालेपछी आफुहरुले उक्त अंकलाई नमान्न आग्रह गरेपछी एकाएक अम्पाएरले आफुहरुलाई वाक ओभर गरेको शाहीले बताउनु भयो । लाइनम्यानले बल राइट भएको संकेत गर्दापनि अम्पाएरले बल आवट भएको संकेत दिने गरेको खेल हेर्न कवर्टहलमा पुगेका खेलप्रेमीहरुले बताएका छन् ।

के भएको थियो खेलमा ?
दोस्रो खेल
बैतडी VS बझाङ विवाद र अपिल
–बझाङको लिब्रोको रोलिङ बल भनेर फल लिएको तर बैतडी टिमको सेम बल बारम्बार फल नलिएको,
–बझाङको कुइक सट पट्टिमा लागेर फिनिस भएको तर त्यसलाई जाली टच भनेर २ पटक फल लगेको,
–ह्यान्ड डाइब बल फल लगेको ( डाइब गर्दा भुइमा हात राखेर हातको माथि बल लागेर उठेको तर रेफ्रीले भुइमा लागेर उठेको भनेर फल लिएको )
यति सहदासहदै र निर्णायक लाई बारम्बार अपिल गर्दा पनि फेरी
–अन्तः मा बझाङको ओपन स्पाइकरले प्रहार गरेको बल नेट नजिकैको ( चेकरको ) हातमा सहित र थर्डलाईनको खेलाडीको स्पस्टै हात लागेर बाहिर गएको तर सो बल बझाङले प्रहार गरेको स्पाइक आउट गएको निर्णायक ले गलत निर्णय दिएको
यहि विषयमा छलफल गर्दैगर्दा खेलाडी कोड मै हुदाहुदै निर्णायक ले वाकओभर दिएर बैतडीलाई बिजयी घोषणा गरे । त्यसपछि न्यायको ढोका बन्द भएपछि खेलाडीको धैर्यता टुटेर थोरै प्रभावित भएको हो । मेन रेफ्री राज खड्का ले बारम्बार खेल विवादित गर्दै आउनु भएकोछ जो सातौ, आठौ राष्ट्रियको क्षेत्रीय प्रतियोतामा पनि विवादित बनाउनु भएको थियो ।

पहिलो खेल

कन्चनपुर VS बझाङ विवाद र अपिल
–कन्चनपुर सङ खेल खेल्दा पनि निर्णायक ले बझाङको पैन्ट तल र कन्चनपुरको माथि गरे,
– त्यत्तिकै रोटेसन फल लगे , कन्चनपुरले प्रहार गरेको स्पाइक बल आउट भएको र सो बललाई साइड रेफ्रीले र लाइन रेफ्रीले आउट भन्दा भन्दै पनि मेन रेफ्रीले त्यस बललाई राइट दिएको लगाएतका विवादित खेलका बिच पनि बझाङले खेल विवादित नहोस भन्ने ढङले खेल खेलेको थियो । जस्को परिणाम प्रतिसपर्धात्मक ढङ्गले कन्चनपुर बिजयी भयो ।

अम्पाएरको नियत नै खराब:
सुदुरपश्चिम खेलकुद परिषदले आयोजना गरेको प्रथम पुरुष भलिवल खेलमा राज खड्कालाई अम्पाएरको जिम्मेवारी दिनु नै पहिलो र ठुलो भुल थियो । खड्काको पृष्ठभुमी नै ठिक छैन् उनले यसअघिका विभिन्न खेलमा आफुलाई सर्वश्रेष्ठ मानेर खेलाडीवीच पक्षपात गर्दै आएका थिए । भलिबल खेलको अम्पाएरका लागी दक्ष र अनुभवी छवि भएका अम्पाएर राज खड्का नभएको कतिपयले अनुमान गर्न थालेका छन् ।
उनी यसअघीे बारम्बार खेल विवादित बन्दै आएका छन् । उनले सातौ, आठौ राष्ट्रियको क्षेत्रीय प्रतियोतामा आफु निकट र आसाभरोसाको आधारमा खेलाडीको प्रर्दनमाथी अंकुश लगाउदै आएका थिए । आयोजकको नियतमा पनि संका गर्ने छुट देखिएको छ । आयोजकले विना छलफल सहमति र कुनै पनि जिल्लाका टिमकोच ÷ प्रतिनिधि बिनै नितान्त विवादित टाइसिट तयार पारिएको थियो । अन्तः विवाद आइरहँदा पनि प्रदेशले आयोजना गरेको प्रथम प्रतियोगिता हो सफल पारौ भनेर एकाएक सबै जिल्लाले बिना सर्तमा खेल्न बाध्य भएका थिए । यस कारण पनि आयोजकको भुमिका नै ंकासपद देखिएको छ । सोही दिन भएको अर्काे डोटी र अछामवीचको खेलमा पनि रोटेसनमा विवादित गराएर अछामको टिम बाहिरीएको थियो ।

खेलमा भएको विवादले देखाएको सम्भावनाः
लिक चरणको आधारमा खेलाइएको खेलमा ‘क’ र ‘ख’ समुह रहेका छन् । क समुहमा कन्चनपुर, डोटी, अछाम, बझाङ र बैतडी रहेका छन् । त्यस्तै समुह ‘ख’ मा कैलाली, डडेल्धुरा, दार्चुला र बाजुरा रहेका छन् । समह छनौटमा आयोजकले प्रतियोगितामा बलियो मानिएका टिमलाई समुह ‘क’ र प्रतियोगितामा सवैभन्दा कमजोर मानिएमा टिमलाई समुह ‘ख’ मा राखेको पाइन्छ । यसको उदेश्य नै कमजोर अवस्थामा रहेको कैलालीलाई यो वा त्यो ढङ्गबाट फाइनलमा पु¥याउनु थियो । सोही अनुसार नै टाइसिट निकालएको थियो ।
आयोजकको सेटिङ अनुसार नै टिमहरु अघिल्लो चरणमा पुगेका छन् । कैलाली र कन्चनपुरलाई जुनसुकै अवस्थामा फाइनलमा पु¥याउने आयोजकको उदेश्य अनुसार कैलाली कन्चनपुर, डडेल्धुरा र डोटी अन्तिम चारमा पुगेका छन् । अव समुह क’ को विजेता बनेको डोटीले समुह ख को उपविजेता कैलाली र समुह क’ को उपविजेता कनचन्पुरले समुह ख’ को विजेता डडेलधुरासँग प्रतिष्पर्धा गर्ने छन् ।