साइपालखबर
बझाङ । बझाङमा नेकपा एमाले जिल्ला कमिटि र सचिवालयका सदस्यहरुले एमाले त्यागेको घोषणा गरेका छन । नेकपा एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष दिलबहादुर सिंह र उपाध्यक्ष ईन्द्र भण्डारी यस अघि नै नेकपा एकीकृत समाजवादीमा समाहित भईसकेका छन् ।
पार्टी अध्यक्षले १० बुँदे सहमति कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै नेकपा एमालेका जिल्ला सचिवालयका ६ जना र जिल्ला कमिटिका ९ जना गरि विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा सदस्यहरुले सामुहिरुपमा एमाले त्यागेर नेकपा एकिकृत समाजवादीमा लागेको जनाएका छन । जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरेर जिल्ला कमिटी उपसचिव धनबहादुर बोहराले आफूहरुको माग पुरा नभएको र अपवाद बाहेक नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताउनुभयो ।
नेकपा एमालेको साविक ७८ सदस्यीय जिल्ला कमिटीमध्ये २ जना यसअघि नै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका थिए । उपसचिव धनबहादुर बोहरा लगाएत ६ जना जिल्ला कमिटी सदस्य मंगलबार समाहित भएका छन् । त्यसैगरी पालिका कमिटी तथा वडा कमिटीका सदस्यहरु पनि नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट सुदुरपश्चिम प्रदेशसभा सदस्य माया तामाङ बोहरा पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएकोले अब धेरै जना समाजवादीमा समाहित हुने उनको भनाई छ ।
पुर्ववनमन्त्री भानुभक्त जोशी र स्थानिय तहका जनप्रतिनिधि पनि समाजवादीमा आउने ठोकुवा गर्नु भएको छ । सबै संग बृहत सल्लाह भएरै आफुहरु समाजवादीमा समाहित भएको उहाँको भनाई छ ।