छबिसपाथीभेरा गाउँपालीकामा धान दिवस मनाइयो

बझाङ

रिदम सिंह,
बझाङ । आज राष्ट्रिय धान दिवस छबिसपाथीभेरा गाउँपालीका १ मा मनाइएको छ । नेपालमा वि.स. २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । “धान उत्पादनका बृद्धि खाद्य सुरक्षा, आतमनिर्भरता र समृद्धि” भन्ने नाराका साथ १८ औ राष्ट्रिय धान दिबस तथा रोपाई महोत्सब मनाइएको छ । कृषि ज्ञान केन्द्र बझाङ र आलुजोन बझाङको आयोजन र हरीयाली कृषक समुह छबिसपाथीभेरा गाउापालीका १ भाँडेको प्रायोजनामा उक्त दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै छबिसपाथीभेरा गाउपालीका १ का वडा अध्यक्ष नैन बहादुर बोहराले देशको मुख्य अन्नबाली धान रहेको बताउदै धान खेतीमा किसानहरुलाई प्रोत्साहन गर्न दिवस सँगसँगै धान उत्पादन बढाउन आउने चुनौतीको समाधान गर्नु पर्ने बताउनु भयो । आफुले बढी कृषकहरुको सबालमा नै बोल्ने गरेको र आउने दिनमा समेत कुनै सहयोग चाहिए आफु तयार रहेको बताउनुभयो । यो वर्ष मनसुनको सुरुमै पानी परेकाले जिल्लाका धेरै ठाउँमा समयमै रोपाइँ लगभग सकिएको कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।
यसैबीच आज खेतमा बाजागाजाका साथ धान रोपेर र दही चिउरा खाएर धान दिवस मनाइएको छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।
कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै समृद्धि प्राप्त हुने बताउनु भएको छ । अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै समृद्धि हासिल हुने बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *