साइपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

ग्रेसबहादुर सिंह
बझाङ । शुक्रबार साइपाल गाँउपालिकामा तीन जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । साइपाल गाँउपालिका वडा नं। १ का २२, ३० र ३४ बर्षिया तीन जना पुरुषमा संक्रमण पुष्टी भएको स्थानीय काँडा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र बोहराले बताए । उनीहरुमा सामान्य स्वास्थ्य समस्या देखिएपछि शुक्रबार एन्टिजेन परिक्षण गर्दा संक्रमण पुष्टी भएको हो ।

संक्रमीत तीन मध्ये एकलाई साइपाल गाँउपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा यार्सा संकलन गर्न जानेहरुको स्वास्थ्य परिक्षण गर्नका लागी खटिएका स्वास्थ्यकर्मी छन् । दुई जना त्यहा“का स्थानीय रहेका छन् । स्थानीय प्रदिप बोहराका अनुसार उनीहरुलाई गाँउपालिका भन्दा बाहिरबाट यार्सा संकलन गर्न जानेहरुबाट संक्रमण फैलिएको हुन सक्ने जनाइएको छ । संक्रमण देखिएका तीनै जना अहिले साइपाल गाँउपालिका वडा नं। १ र २ ले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

गाँउपालिकाले समयमा नै सजगता नअपनाउदा कोरोनाको जोखिम बढेको स्थानीयको आक्रोश छ । जिल्लाकै दुर्गम गाँउपालिका भएका कारण संक्रमितहरुलाई उपचारमा समस्या हुने भन्दै स्थानियहरुमा त्रास छाएको छ । स्थानीयले सुरुमा नै गाँउपालिकाभन्दा बाहिरका मानिसलाई प्रवेश रोक लगाउन सुझाव दिएको भएपनि गाँउपालिकाले ध्यान नदिदा गाँउपालिकामा संक्रमण फैलने सम्भावना बढेको छ । यसअघी पनि साइपाल गाँउपालिको धुलिमा रहेको प्रहरी चौकीका कार्यालय सहयोगीमा पनि कोरोना पुष्टी भएको थियो ।