बझाङमा थप दुई कोरोना संक्रमितको मृत्यः मृतकको संख्या ५ पुग्यो

ग्रेसबहादुर सिंह
बझाङ । बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल डाa. मिलन खड्काले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भएपछी जिल्ला अस्पतालमा भर्ना भएकी उनको आइतबार राती ११ बजे ज्यान गएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क ब्यक्ती नारायण प्रसाद जोशीले जानकारी दिनुभयो ।
यसैवीच एक जना अर्का कोरोना संक्रमितको पनि ज्यान गएको छ । कोरोना संक्रमण पुष्टी भएपछि घर जाने क्रममा वीच बाटोमा नै उनको आइतबार राती १२ वजे ज्यान गएको उनका आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा १८ गते कोरोना जाँच गराउदाँ रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाँउपालिका वडा नं. १ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिडेकी थिइन् । साँझ घर जानेक्रममा अवेर भएपछि उनी आफन्तको घरमा बसेको र राती १२ बजे उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।
कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेसनमा बस्नु भनेर भनेको भएपनी गाढी बुक गरेर घर आएको तल्कोट गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष गोपाल धामीले बताउनु भयो । आफुले प्रहरीलाई खवर गरेर घर आउन नदिनु भनेर जानकारी गराएको भएपनी मृतक प्रहरीलाई छलेर घर आएको वडा अध्यक्ष धामीले बताउनु भयो ।
जिल्लामा आइतबारसम्म कोरोना संक्रमणबाट नै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ, भने कोरोना संक्रमित हुनेहरुको संख्या २०४ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछी जिल्लामा सोमबार विहान १ वजेदेखी निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पुर्या पालना गर्दै सुरक्षित रहन सवैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल बझाङले अनुरोध समेत गरेको छ ।