कामदारलाई लुटपाट गर्ने दुई पक्राउ

बझाङः लुटपाट गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले जयपृथ्वी नगरपालिका वडा नं १० का १८ वर्षिया सुरज श्रेष्ठ र मष्टा गाँउपालिका वडा नं. १ वस्ने १८ वर्षिया गजेन्द्र पुरीलाई माघ २२ गते चैनपुरबाट पक्राउ गरेको छ । निज दुई जनाले बैतडीको सुर्नया गाँउपालिका वडा नं. ५ बरायल घरभई जयपृथ्वी नगरपालिका वडा नं. ८ को सेलाखेतमा खानेपानिको काम गर्ने २७ वर्षिया किशोर विष्टलाई लुटपाट गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो । किशोर विष्ट माघ २१ गते खानेपानिको काम गरेर चैनपुरतिर फर्कने क्रममा लुटिएका थिए ।
दिनभर काम गरेर साँझ कोठातिर फर्कने क्रममा जयपृथ्वी नगरपालिका वडा नं. ८ को सुर्मा जोड्ने सडक खण्डमा साँझतिर साथमा रहेको जेटु सामसुङ मोवाइल र नगद तीन हजार पाँच सय रुपैया लुटपाट गरी फरार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । साथकमा भएको सामान नदिए सिध्याईदिने भन्दै धम्की दिएर लुटपाट गरेको पिडित विष्टले जानकारी दिनु भएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी आएपछी लुठेरा दुवै जनालाई चैनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र सिंह कार्कीले जानकारी दिनु भएको छ । लुटेरा दुवै जना सुरज श्रेष्ठ र गजेन्द्र पुरीलाई जिल्ला अदालतबाट चोरी सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।