‘सिड्नी सपना’काे टिप्पणी

काठमाडौं  । गुन्जन नारी साहित्य संस्थाले उपन्यासकार सानु घिमिरेको ‘सिड्नी सपना’ उपन्यास माथि अन्तर्कृयात्मक गरेकाे छ ।  अनामनगर  स्थित गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएकाे अन्तरक्रियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) का केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, ज्ञाननिष्ट ज्ञवाली, शान्ति रिसाल र सरिता अर्यालले उपन्यासबारे आआफ्नो भनाइ राखेका थिए । यसैगरी सर्जकहरु डा. रेणु थापा सोलु, नम्रता […]

Continue Reading

खप्तडको बाटोमा मार्सीको भात

खप्तड घुम्ने जानेहरू मार्सीको स्वादमा कसरी पल्किइरहेका छन् ? वसन्तप्रताप सिंह र विद्या राईको रिपोर्ट । नयाँनयाँ ठाउँमा घुमफिर गर्ने  । ठाउँअनुसारका खानेकुराको स्वाद लिने रहर प्रायः सबै मानिसहरूमा हुन्छ  । त्यसमा पनि अर्ग्यानिक खानेकुरा भनेपछि हुरुक्कै नहुने कुरै भएन । यस्तै मौका जुर्‍यो हालैको एक यात्रामा । पछिल्लो समय मार्सी भातको हल्लाखल्लाले बजार पिटेपछि चासो बढेकै […]

Continue Reading

आहा ! सेतीका माछा

बझाङकाे चैनपुर पुग्नेहरूका लागि परिकारका रूपमा सेतीका माछा विशेष मानिन्छ । त्यहाँ खाने मात्रै हाेइन, काेसेलीका रूपमा माछाकाे सुकुटी बाेक्नेहरू पनि धेरै छन् । यसबारे विद्या राई र वसन्तप्रताप सिंह लेख्छन् : चिटिक्क परेको चैनपुर । चारैतिर पहाडै पहाडले घेरिएको । सेती नदि र बाहुलीगाड खोलाको काख पाएको । बाह्रैमास कञ्चन अनि कलकल बगिरहने सेती […]

Continue Reading

फिनल्यान्डमा खोसिएका नेपाली हाँसो

नम्रता शर्मा फिनल्यान्डमा नेपालीले नेपालीलाई गरेको दुर्व्यवहार, मानव तस्करी र कर छलीबारे गएको पुसमा नेपालका एउटा दैनिक र एउटा अंग्रेजी साप्ताहिकमा पहिलो पटक छापिएका लेख सामाजिक सञ्जालमार्फत संसारभरि फैलिए । चैतमा फिनल्यान्डकै लोकप्रिय दैनिकमा यसबारे थप रिपोर्टिङसहित छापियो । फिनिस भाषाको त्यो रिपोर्टिङको नेपाली र अंग्रेजी अनुवाद पनि ‘भाइरल’ बने । सन् २०१८ मा पहिलोपटक फिनल्यान्ड पुग्दा ममा […]

Continue Reading

बाटो बिराउँछन् पर्यटक

बझाङ । अघिल्लो साता खप्तड बाबा आश्रमको दर्शन गरेर त्रिवेणी स्नान गर्न ओरालो लागेका संयोग थापासहित १७ जनाको टोली ६ घण्टासम्म पाटनमा हराए । होटल सञ्चालकले आश्रमबाट २० मिनेटमै त्रिवेणी भेटिने र त्यहाँ स्नान गरेपछि १० मिनेटमै होटल आइपुगिने सूचना दिएका थिए ।त्यही सूचनाको आधारमा चिया मात्रै पिएर बिहान ८ बजे घुम्न निस्किएका उनीहरू दिनभर भोक, प्यास […]

Continue Reading

डडेल्धुरा बस दुर्घटनामा ५ को ज्यान गयाे, ३४ घाइते

बझाङ: डडेल्धुराकाे साउखर्कमा बस दुर्घटना ५ जनाले ज्यान गुमाए । डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काका अनुसार ज्यान गुमाउनेमा  तीन पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत भने भैसकेको छैन। भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको […]

Continue Reading

फुलैफुलकाे खप्तड

सुदूरपश्चिमको खप्तड क्षेत्र घुम्नका लागि बाह्रै महिना उपयुक्त मानिन्छ  । यहाँ फुल्ने मनोरम फूलको दृश्यपान गर्न चैतदेखि मंसिरसम्म सबभन्दा राम्रो सिजन हो  । यसबारे वसन्तप्रताप सिंह र विद्या राई लेख्छन् : फूलैफूलको गलैंचाले ढाकिएका फराकिला पाटनहरू । खप्तड साँच्चिकै अलौकिक छ । उसै पनि भूस्वर्गको उपमा पाएको छ । नीला, पहेंला, राता, सेता, बैजनी आदि रंगीविरंगी फूलहरू देख्दा यहाँ पुग्ने जोकोहीका आँखा […]

Continue Reading

अपिका यादहरु – ७

अनकन्टार ठाउको बास पौने आठ बजेतिर सितीबाट ओरालो लाग्यौँ, साग र रोटीको नास्ता गरेर । र, चमेलिया त¥यौँ । चमेलिया तर्ने बित्तिकै आइपुग्यो खाइकोट । यो मार्गमा पर्ने अन्तिम मानव बस्ती जहाँ तीनवटा मात्र घरहरू थिए । खाइकोट कटेपछि फेरि चमेलियासित जम्काभेट भयो । हामी हिँडिरहेका छौँ, चमेलिया को किनारैकिनार । चमेलियालाई चट्टानसित पौँठेजोरी खेल्दै […]

Continue Reading

अपिका यादहरु – ६

होमस्टेको मिठो अनुभूति   बिहान सात बजे उठियो । हार्दिक र स्नेही महावीरले आसिस, नवराज र मेरा लािग नास्ता तयार गरेका थिए । नास्ता लिँदैगर्दा आसिसले मसित भनेँ, “यहाँबाट पाथा पुग्न २ घण्टा लाग्छ । पाथामा क्याम्प गरेर बस्नलाई ठाउँ पनि राम्रो छ । अब पाथा जाऔँ ।” उनले अघिल्लो साँझ भोलि बिहान गरौँला भनेको […]

Continue Reading

बझाङमा बिसु राैनक

बझाङ । सिल्कावाडामा नयाँ बर्षको स्वागतमा मनाइने बिसु पर्वको रौनक बेग्लै छ । टोलभरि शुक्रबार बिहानैदेखि टोलभरि चहलपहल थियो । छोरीचेलीहरूले बिहानै घरघर पुगेर दाल, चामल संकलन गरे । संकलन गरेको दाल, चामल र भाँडाकुँडा लिएर नजिकैको चउरमा टोलभरिका मानिस भेला भए । कसैले चउरको एकछेउमा खाना पकाउन थाले । कसैले कपडाका रंगीविरंगी पुतली बनाए । कोही पुतलीलाई दूधभात बनाउन थाले । कोही […]

Continue Reading