झलनाथ–माधव विनाकाे एमाले : ओलीको भस्मासुर पथ

सइन्द्र राई काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् ।   वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन […]

Continue Reading

मायालु जोडीको काल बन्यो कोरोना

लामो समय देखी प्रेममा रहेका उनीहरुले गत मंसिरमा परिवारका सदस्यलाई जानकारी नदिई कैलालीको गोदावरी धाममा भागेर विवाह गरेका थिए । साइपालखबर संवाददाता बझाङ । कोरोना संक्रमणको कारण श्रीमानको मृत्यू भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । उप क्षेत्रिय अस्पताल डडेल्धुरामा उपचाररत बाजुराका सुरेस कठायतको मृत्यू भएपछि उनकी श्रीमतीले सरिताले अस्पताल नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेकी हुन् […]

Continue Reading

बझाङमा निषेधाज्ञा थप एक साता

साइपालखबर संवाददाता बझाङ । जिल्लामा सोमबारदेखि एक साता सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जारी निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप गर्ने निर्णय गरेको हो । ‘जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका निषेधाज्ञा नै उपयोगी देखिएकाले जेठ २४ गते मध्यराति १२ […]

Continue Reading

बझाङमा करेन्ट लागेर एकको मृत्यु

साइपालखबर संवाददाता बझाङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षीय भरत बोहोराको आइतबार दिउसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए । जयपृथ्वी नगरपालिका ९ देवलमा रहेको निर्माणाधिन बालआश्रममा सरिया फिटिङ गर्दैगर्दा विजुलीको तारमा छोइएर बोहोरालाई करेन्ट लागेको थियो […]

Continue Reading

बझाङले आगामी बजेटमा यसरी पायो प्राथमिकता

साइपालखबर संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि शनिबार पेश गरेको बजेटमा बझाङको सदरमुकाम चैनपुरलाई नदि कटानबाट संरक्षण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । अध्यादेशमार्फत अर्थमन्त्री बिष्णु पौडेलले पेश गरेको बजेटमा भनिएको छ, ‘बझाङ्गको चैनपुरलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरेको छु ।’ बर्खामास अविरल बर्षा, जथाभावी सडक निर्माणका लागि डोजर […]

Continue Reading

बझाङ सहित दुर्गम २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालन गरिने

साइपालखबर संवाददाता काठमाडौँ । सरकारले मातृ स्वास्थ्यमा सुधार ल्याउन बझाङ, हुम्ला, डोल्पा, मुगु लगायत दुर्गम क्षेत्रका २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालनमा ल्याउने भएको छ । उक्त गृहमा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको सुविधा हुने अध्यादेशमार्फत आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । यसैगरी सबै जिल्ला अस्पतालमा […]

Continue Reading

हिमाली कन्दरामा ‘किरा’ खोज्नेहरूकाे व्यथा : ‘हामीलाई कहिले पो जोखिम छैन र ?’

वसन्तप्रताप सिंह साइपाल, बझाङ । वैशाख अन्तिम साता । साइपाल हिमाल बेसक्याम्पको मौसम धुम्म थियो । एकैछिनमा जोडले हावा चल्ने र हिउँ पर्ने । हावासँगैको हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । साइपाल आडैको औंलागाडमा लहरै टाँगिएका पालमा मानिसहरू फाट्टफुट्ट बाहिर निस्कन्थे । जाडो खप्न नसकेर एकैछिनमा फुत्त पालभित्रै छिरिहाल्थे । छेवैको चौरमा तीन केटाकेटी बेपर्वाह खेलिरहेका थिए । कठ्यांग्रिने जाडोले उनीहरूका […]

Continue Reading

सुदूरपश्चिम सरकारमा मन्त्री मण्डल बिस्तारपछि माओवादीभित्र किचलो

निमेन्द्र शाही बाजुरा । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि उनको पार्टीमा किचलो सुरू भएको छ। मुख्यमन्त्री भट्टले नेकपा एमालेका प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पुर्णा जोशी र नेकपा माओबादी केन्द्रका मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । भने यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र माअबोदी केन्द्रका मानबहादुर […]

Continue Reading

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको निर्देशन विपरित सुदूरपश्चिम सरकारमा थप मन्त्री नियुक्त

साइपालखबर संवाददाता बझाङ । सोमबार बसेको ओली पक्षकाे एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरन आफ्ना मन्त्रीलाई निर्देशन दियो । तर, ठिक त्यस विपरित आज (शुक्रबार) प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएका छन् । प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरिएको छ । सोडारी, खड्का र जोशी एमाले […]

Continue Reading

तरुण दलका अध्यक्ष ऐडीद्धारा तीन अक्सिजन कन्सन्ट्रेटर हस्तान्तण

साइपालखबर संवाददाता बझाङ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिको समन्वयमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरी जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरिएको छ । ऐडीले सामाजिक सञ्जालमा अभियान सञ्चालन गरी संकलन भएको दुई लाख तीस हजार रुपैयाँमा कन्सन्ट्रेटर खरिद गरी विहिबार हस्तान्तरण गरेका हुन् । ‘कोरोनाको महामारी दिन प्रति दिन बिकराल […]

Continue Reading