बझाङमा निषेधाज्ञा थप एक साता

साइपालखबर संवाददाता
बझाङ । जिल्लामा सोमबारदेखि एक साता सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जारी निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

‘जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका निषेधाज्ञा नै उपयोगी देखिएकाले जेठ २४ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको हो,’ बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले बताए ।

दोस्राे लहरको कोरोना संक्रमण बढ्दै गएपछि बझाङमा हालसम्म तीन पटक निषेधाज्ञा अवधि थपिएको हो । निषेधाज्ञा गरिएपनि जिल्लाको समुदायस्तरमा संक्रमण दर बढ्दै गएकाले एक साता थप्नुपरेकाे प्रजिअ अधिकारीले जानकारी दिए ।