बझाङ । दुर्गाथली गाउँपालिका वडा नं. ३ मा संञ्चालन भएको ७ दिने सावुन बनाउने तालिम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमकावीच उक्त तालिमको समापन गरिएको हो । गरिबी निवारणका लागि लघुुउद्यम विकास कार्यक्रमको आयोजना तथा दुुर्गाथली गाउँपालिकाको समन्वयमा उक्त सावुन बनाउने तालिम संञलन गरिएको थियो ।
दुुर्गाथली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश बोहराको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा दुुर्गाथली गाउँपालिका वडा नं. ४ का निवर्तमान वडाध्यक्ष महेश प्रसाद जोशी प्रमुख अतिथी रहनुुभएको थियो । भने गजेन्द्र खत्रीले तातिमको प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा दुुर्गाथली गाउँपालिका वडा नं. ३ मा पर्ने रकैल टोलका १२ जनाको सहभागिता रहेको र उनीहरुलाई सावुन बनाउनुु सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको दुुर्गाथली गाउँपालिकाका उद्यम विकास सहजकर्ता रविन्द्र जेठाराले जानकारी दिनुुभयो ।
