प्रगतिशिल युवा समाजले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनायो 

रिदम सिंह, बझाङ । ११३ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्लामा काम गर्दै आएको गैर सरकारी संस्था प्रगतिशिल युवा समाजले एक कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको छ । संस्थाका कार्य समितीका पदाधिकारी तथा परियोजनाहरुमा काम गर्ने महिलाहरुको क्षमता विकास, समान अवसर तथा अस्तित्वमा विकास गर्ने उदेश्यले दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो ।

“लैंङ्गिक समानताको आधार, सिर्जनात्मक प्रविधीमा महिला पहुँचको विस्तार” भन्नेमुल नाराका साथ प्रगतिशिल युवा समाजको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपाल र युएमएनको आर्थिक सहयोगमा कार्यक्रम संञ्चालन गरिएको प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो । महिलाहरुको क्षमता विकास, उनीहरुको समानताका क्षेत्रमा बढवा दिने, कार्य क्षमताको आधारमा पुरस्कृत गर्ने लगाएतका क्षेत्रमा काम गर्नका लागी अभिप्रेरित गर्नका लागी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

संस्थामा रहेका कार्यसमितीका महिलाहरु र परियोजनामा कार्यरथ महिलाहरुको क्षमता विकास गर्ने, कानुन तथा स्थानीय तहहरुमा कार्यक्रमहरु संञ्चालन गर्ने क्रममा निर्माण गरिने पोलिसीहरुमा सहभागी गराउने लगाएतका विषयमा अन्र्तक्रिया समेत गरिएको हो । संविधानले महिलाहरुलाई समान हक अधिकारको प्रत्याभुती दिलाएको भएपनि ब्यबहारमा आंसिक रुपमा मात्रै कार्यान्वयनमा आएको र आगामी दिनहरुमा महिलाहरुका क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दा महिलामैत्री कार्यक्रमहरु संञ्चालन गर्न आवश्यक रहेको कार्यक्रममा सहभागी महिलाहरुले बताएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले समाज रुपान्तरको बलियो खम्वा महिला रहेको भएपनि सामाजिक रुपमा महिलाहरुलाई दोस्रो दर्जामा राखी उनीहको कुरा नसुन्ने लगाएतका काम समाजमा रहेको बताउनु भयो । साथै आगमी दिनहरुमा महिलाहरुको क्षेत्रमा संस्थाले थप शसक्त रुपमा काम गर्दै जाने समेत उहाँले बताउनुभयो ।

प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रमको संञ्चालन कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले गर्नुुभएको थियो । त्यसैगरी कार्यक्रममा युएमएन बझाङ क्लस्टरका टिम लिडर ज्योती चपाँई र वल्र्डभिजन इन्टरनेशनल नेपालका तिलक केसी अतिथी रहनुभएको थियो । त्यस्रैगरी कार्यक्रममा प्रगतिशिल युवा समाजका कार्य समितीका पदाधिकारी तथा परियोजनाहरुमा कार्यरथ कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी संस्थाको कार्यसमितीमा रहेका महिला पदाधिकारी र महिला कर्मचारीहरूलाई दिवसको अवसरमा कदरपत्र सहित सम्मान समेत गरिएको छ ।