नवौँ राष्ट्रिय खेलकुदका लागि बझाङमा खेलाडीको आवेदन खुला

बझाङ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बझाङबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो ।

उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुस्पलाल रोकाया (ज्वाला)ले जानकारी दिए ।

सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ ।

फारम भरेर यही साउन २४ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । उक्त प्रतियोगिताका लागि विभिन्न १६ खेलका खेलाडी छनोट गरिनेछ ।

जसमा एथ्लेटिक्स,फुलकन्ट्याक्ट कराते, भलिबल, क्रिक्रेट, कवड्डी, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, ह्याण्डवल, वास्केटवल, खोखो, उसु र फुटबल रहेका छन् ।

जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

खेलाडीले साउन २४ गते सम्म फारम भरिसक्नु पर्ने सुचनामा उल्लेख गरिएको छ ।