विवेकशील साझाका जिल्ला संयोजक खड्का नेपाली काँग्रेसमा प्रवेश

प्रदेश बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ- विवेकशील साझा पार्टीका प्रभावसाली नेता तथा जिल्ला संयोजक नगेन्द्र बहादुर खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साँझा पार्टीका बझाङ जिल्ला संयोजक रहेका खड्का शनिबार विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसमा प्रवेश भएका खड्कालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंङ्ग बहादुर सिंहले अविर र खादा लगाएर स्वागत गरेका छन् । खड्काले पार्टीमा किचलो भएर अगाडी बढ्ने वातावरण नभएपछी आफुले पार्टी परित्याग गरेको बताएका छन् ।

उनले भने, ‘विवेकशील साँझा पार्टी भित्रै किचलो बढ्न थाल्यो । पार्टी फस्टाउन सकेन् । जुन उदेश्यले म लागेको थिए । त्यो उदेश्य विपरित पार्टी गयो । उदेश्य पुरा नभएपछी त्यो पार्टीमा बसेर गाउँठाउँको लागी केहि गर्न नसकिने अवस्था भयो । नेपाली काँग्रेस देशको विसाल पार्टी भएकाले त्यसैमा गएर उदेश्यहरु पुरा गर्नका लागि नेपाली काँग्रेसमा प्रवेश गरेको हुँ ।’

नेपाली काँग्रेसमै बसेर अब गाउँठाउँका जनताका आवाज उठाउने समेत खड्काले बताए । खड्का केहि बर्ष अगाडी नेपाली काँग्रेसमा आवद्घ रहेका भए पनि २०७६ सालमा नेपाली काँग्रेस परित्याग गरी विवेकशील साझामा प्रवेस गरेका थिए । खड्का साझामा लागेको ३ बर्ष नवित्दै फेरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *