बझाङ- बझाङमा नेकपा (एमाले) ले स्थानीय तह चुनावलाई लक्षित गरी जिल्लाभर नगर, गाउँ, वडा तथा टोलहरुमा पार्टीका सम्पर्क कार्यालय खोल्ने कामलाई तीब्रता दिएको छ ।
पछिल्लो पटक बुधवार जयपृथ्वी नगरपालिकाको दैकुमलामा वडाकमिटीको कार्यालय स्थापना गरिएको छ । एमालेका केन्द्रिय सदस्य, तथा नेकपा एमालेका बझाङ जिल्ला सह इन्चार्ज अफिलाल ओखेडाले कार्यालयको उद्घाटन गरेका छन् ।
उक्त अवसरमा उनले दैकुमलामा सुइल, मयानाका सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई चुनाव केन्द्रीत हुन र पार्टी सरकारमा छदा गरेका जनप्रिय कामहरु जनताका बीचमा लिएर जान आग्रह गरेकाछन् ।
