अनेरास्ववियु बझाङको जिल्ला अधिवेशन सदरमुकाम चैनपुरमा हुने मिति समेत तोकियो

समाचार

सत्यराज सिंह, बझाङ । नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) बझाङ जिल्लाको अधिवेशन चैत ४ गते नेकपा एमाले पार्टी कार्यालय पानकोटमा हुने भएको छ । फागुन २४ गते अनेरास्ववियु जिल्ला कमिटी संयोजक दिल बहादुर खातीको अध्यक्षतामा र अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव लोकेन्द्र बहादुर सिंहको प्रमुख आथित्यतामा अनेरास्ववियु जिल्ला कमिटीको बसेको बैठकले यहि चैत ४ गते अनेरास्ववियु बझाङ जिल्लाको अधिवेशन गर्ने निर्णय गरिएको अनेरास्ववियु बझाङका सह संयोजक पुस्कर दौल्यालले बताउनुभयो ।

साथै बैठकले फागुन ३० गते भित्र मा.वि तथा क्याम्पसहरुमा प्रारम्भिक कमिटी गठन गरिसक्ने, चैत १ गते भित्र पालिका अधिवेशन गरिसक्ने र चैत ४ गते १२ औँ जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको हो । जिल्ला कमिटीमा संगठित सदस्य बाट जिल्ला कमिटी १, उपाअध्यक्ष १, सचिव १, सहसचिव ३, कोषाअध्यक्ष १, गाउँपालिका कमिटीबाट १, नगरकमिटीबाट २, क्याम्पस कमिटीबाट ८, दलित ३, महिला ७, ३ जना खुला गरी ३५ जनाको जिल्ला कमिटी र प्रत्येक गाउँपालिकामा ३१ जनाको र नगरपालिकामा ४१ जनाको कमिटी गठन गरिने अनेरास्ववियुले जानकारि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *