बझाङ । साइपाल गाउँपालिकामा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो ।

समुन्द्र सतहदेखि ७ हजार ३१ मिटरको उचाईमा रहेको यो हिमालको हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् । सुन्दर तथा मनोरम भूगोल पार गर्दै सदरमुकाम चैनपुरबाट चार पाँच दिनको यात्रामा साइपालको फेदी सम्म पुगिन्छ।

हिमाली जलवायुको सानिध्यता, उच्च हिमालमा पाइने जिवजन्तु तथा वनस्पतिको अवलोकन साइपाल हिमाल यात्राका क्रममा गर्न पाइन्छ। पर्यटकहरुका लागि आर्कर्षणको केन्द्र बन्न सक्ने सम्भावना भएर पनि यहाँ पुग्ने पर्यटकको संख्या न्यून रहेको छ।

यस क्षेत्रको पर्यटन प्रर्वद्धन र प्रचार प्रसारको लागि स्थानिय तथा प्रदेश सरकारले ध्यान दिन सके सुदुरपश्चिममा पर्यटकको संख्या बढाउन साइपालले योगदान दिन सक्ने कुरामा कसैको दुईमत नहुने यहाँ पुगेकाहरु बताउँछन् ।

