वल्र्डभिजन इन्टरनेशनल नेपालद्धारा ५६ परिवारलाई राहत वितरण

बझाङ

रिदम सिंह
बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा न. ८ को खारावगरमा राहत वितरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्डै भिजन इन्टरनेशनल नेपाल अन्र्तगत बाल संरक्षण, समुदायमा आधारित बाल प्रायोजन कार्यक्रम मार्फत आज राहत वितरण गरिएको हो । वडा न.. ८ का समुदायमा आधारित बाल प्रायोजनमा दर्ता भएका बालबालिकाका ३७ परिवारलाई खाद्यन्न वितरण गरिएको वल्र्ड भिजनका मिल विक्रम जोशीले बताउनु भयो ।
३७ परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ किलो नुन, २ लिटर खानेतेल र ४ गोटा साबुन गरी प्रति परिवार ३ हजार २ सय उनन्तीस रुपैया बराबरको राहत हस्तान्तरण गरिएको छ । यसैवीच जयपृथ्वी नगरपालिकाको वडा न.८ कै सेलाखेत लगाएतका टोलमा गरी जम्मा ५६ परिवारलाई राहत वितरण गरिएको जोशीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *