साइपालमा खुलेका आँखाहरु (भिडियाे)

भिडियो समाचार

साइपाल खबर संवाददाता
बझाङ । जब आँखाका गुमेका ज्योती फिर्ता पाए, वृद्धवृद्धाले हात फैलाएर खुसी साटे । बझाङ सदरमुकाम चैनपुरबाट दुई देखि तीनदिन पैदल हिडेर पुगिने साइपाल गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरबाट उनीहरुले बर्षाै देखिको अन्धकारमय जिवनबाट छुटकारा पाए ।

यहि शनिबार देखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ३ सय ८ जना महिला र २ सय ३ जना पुरुष गरि ५ सय ११ जनाले आँखा सम्बन्धी सेवा लिए । ३२ महिला र २४ पुरुष गरी ५६ जनाको मोतिविन्दु र अन्य समस्याको शल्यक्रिया भयो । १ सय ६० महिला र २ सय २० जना पुरुष गरी ३ सय ८० जनालाई चश्मा वितरण गरियो ।

साइपालमा शल्यक्रिया सेवा सहितको बृहत स्वास्थ्य शिविर संचालन भएको यो पहिलो पटक हो । चिनको तिब्बत संग सिमा जोडिएको जिल्लाकै विकट यस गाउँपालिकामा जिल्ला अस्पतालमा समेत उपलब्ध नभएको सेवा घरदैलो मै पाएकोमा स्थानियले खुशी व्यक्त गरेका छन ।

नौ जना विषेशज्ञ चिकित्सक, सहित ४० भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोलीले दुइवटा अलग–अलग स्थानमा शिविर संचालन भयो । काँडा स्वास्थ्य चौकीको भवनमा बालरोग, स्त्रीरोग, दन्तरोग, महिला तथा पुरुष वन्ध्याकरण र जनरल डिजिज सम्बन्धी सेवा संचालन गरिएको थियो ।

यस्तै तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा बरिष्ठ नेत्र चिकित्सक डाक्टर रिता गुरुङको नेतृत्वको टोलीले काँडा माध्यामिक विद्यालयमा आ“खा शिविर संचालन गरिएको थियो ।

सम्पुर्ण शिविर संचालनको लागि तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन मोतिविन्दु परियोजनालले १५ लाख, सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख रकम खर्च गरेको छ ।

यस्तै जिल्ला अस्पताल बझाङ, सेती प्रादेशिक अस्पताल धनगढी र साइपाल गाउँपालिकाको १० लाख गरी ५० लाख हाराहारीमा बृहत स्वास्थ्य शिविरमा खर्च भएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।

गत भदौ २४ गते कान्तिपुर दैनिकमा ‘साइपालको अध्यारो संसार’ शिर्षकमा समाचार प्रकाशित भए पछि यो शिविर सम्भव भएको हो । समाचार प्रकाशित भए लगतै सुदुरपश्चिम प्रदेश सरकारले आ“खाको शल्यक्रिया सहितको बृहत स्वास्थ्य शिविर संचालन गर्नका लागि २५ लाख बजेट उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *