प्रधानमन्त्री रोजगार कार्यक्रम : तलकोटमा पाए १ सय ८९ ले रोजगारी

समाचार

भुवन बहादुर सिंह
बझाङ–प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत तलकोट गाउँपालिकामा १ सय ८९ जना बेरोजगार युवाले रोजगारी पाएका छन । आर्थिक वर्ष ०७६÷०७७ मा कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माणको काममा संलग्न भएर उनिहरुले रोजगार पाएका हुन ।
पारिश्रमिकमा आधारित छ वटा सामुदायिक आयोजनाको काममा रोजगार ब्यवस्थापन सुचना प्रणालीमा सुचिकृत बेरोजगार ब्यक्तिहरुले प्रतिव्यक्ती १९ दिन बरावरको रोजगारी पाएका थिए । बेरोजगार युवाहरुले गाउँपालिकाको वडा न २ मा ढुङ्गाना बर्थिङ सेन्टरको आधार निर्माण योजना, वडा न ३ मा अमर निम्न माध्यमिक बिद्यालय खाजा घर तथा घेरबार योजना र वडा न ४ मा जनज्योति आधारभुत विद्यालय भवन निर्माण योजनामा रोजगार कार्यक्रम अन्र्तगत काम गरेका थिए । यस्तै वडा न ५ मा खौला सार्बजनिक सौचालयको खाल्डो तथा आधार निर्माण योजना, वडा न ६ मा भगवती आधारभुत विद्यालयको खाजाघर तथा पर्खाल निर्माण योजना र वडा न ७ मा दातोला बाटो सोलिङ तथा पिसिसि योजना पनि यसै कार्यक्रम अन्र्तगत सम्पन्न गरिएको थियो ।
बेरोजगार रहेको अवस्थामा गाउँठाउँको विकास निर्माणको कामसँगै केही रकम पनि आम्दानी गर्न पाउँदा खुशी लागेको वेरोजगार युवाहरुले बताएका छन । ‘गाउँमा त्यसै हल्लेर दिन काटिरहेका युवाहरुले आफ्नै कमाईले एकदुइ जोर लुगा पनि फेर्न पाए । स्कुलको खाजा घर, घेरवार र मन्दिर पनि बन्यो’ अमर आधारभुत विद्यालयको खाजा घर तथा घेरवार निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल कडालले भने ‘खाली बसेका युवाहरुलाई विकास निर्माणको काममा व्यस्त गराउने यस्ता खालका कार्यक्रमहरु अरु पनि भए राम्रो हुने थियो’ उनले गाउँका २६ जना युवाहरुले १८ दिन काम गरेको र प्रतिव्यक्ती १३ देखी १६ हजार सम्म आम्दानी गरेको बताए ।

तलकोट गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आएको ३२ लाख ५७ हजार ९५८ रकम मध्य २६लाख ७२ हजार ८२० रुपैया रकम योजनामा काम गर्ने युवाहरुलाई ज्याला स्वरुप बितरण गरेको थियो । यो कार्यक्रम अन्र्तगत प्रतिव्यक्ती सरदर १४ हजार १४२ रकम वेरोजगारहरुले ज्याला बाफत प्राप्त गरेको तलकोट गाउँपालिकाका रोजगार अधिकृत पुस्करबहादुर सिंहले बताए । गाउँपालिकाले सो सम्बन्धीत व्यक्तीको निशुल्क बैङ्क खाता खोलेर खातामा जम्मा गरिदिएको सिंहको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले न्युनतम भए पनि युवाहरुलाई रोजगारी दिएर सामाजिक सुरक्षाको प्रत्याभुती दिलाएको अधिकृत सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *