संघीय सरकारबाट बझाङका स्वास्थ्यमा ३३ करोड ७६ लाख बजेट विनियोजन कुन स्थानीय तहलाई कति ?

बझाङ : संघीय सरकारले बझाङका १२ वटा स्थानीय तहलाई ३३ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत बिनियोजित सो रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई बाँडफाँड गरेको छ । बाँडफाँड गरिएको रकममध्ये सबैभन्दा बढी बुंगल नगरपालिकाले पाएको छ । बुंगल नगरपालिकाले ३ करोड ६१ लाख […]

Continue Reading

बझाङमा एमाले अधिवेशन : निर्वाचनको तयारी पुरा भएपछी स्थगित,अध्यक्ष मण्डलले एक्लौटी निर्णय गर्यो

बझाङ: नेकपा एमाले जिल्ला कमिटी बझाङको ८औँ जिल्ला अधिवेशन असार २२ गते देखि सदरमुकाम चैनपुरको पार्टी कार्यालय पानकोटमा चलिरहेको छ । अधिवेशनले शनिबार अध्यक्षमा दमन भण्डारीलाई सर्वसम्मत चयन गरिसकेको छ । अन्य पदका लागि पनि सहमतीको प्रयास भए पनि सहमती हुन नसकेपछी निर्वाचनको तयारी थालेको नेकपा एमाले ८औं जिल्ला अधिवेशन निर्वाचन कमिटीले सबै तयारी पुरा […]

Continue Reading

एमालेको जिल्ला कमिटी बझाङको उपाध्यक्षमा कस्ले मार्ला बाजी ?

बझाङ : नेकपा एमाले जिल्ला कमिटी बझाङको उपाध्यक्षमा २ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । बझाङको सदरमुकाम चैनपुर स्थित पार्टी कार्यालय पानकोटमा भइरहेको नेकपा एमाले जिल्ला कमिटी बझाङको ८औं जिल्ला अधिवेशनमा २ जनाले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमाले जिल्ला कमिटी बझाङको अध्यक्षमा दमन भण्डारी ८औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएका छन् । […]

Continue Reading

एमाले बझाङ जिल्ला अधिवेशन :अध्यक्षमा भण्डारी निर्विरोध 

बझाङ : नेपाल कम्युनिष्ट पार्टी(एमाले) बझाङको ८ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार भएको निर्वाचन प्रकृयामा एकल उम्मेदवारी परेपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका थिए । भण्डारी कानुन व्यवसायी समेत हुन् । अधिवेशनमा सचिवमा नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर […]

Continue Reading

नेपाल बङ्गलादेश बैंक बझाङ शाखाले जयपृथ्वीका ६ वटा शैक्षिक संस्थालाई फिल्टर र प्लास्टिक जार वितरण गर्‍यो

बझाङ : नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाले शुक्रबार जयपृथ्वी नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालय र क्याम्पसहरुलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार लगायतका सामाग्री वितरण गरेको छ । बैंकले जयपृथ्वी बहुमुखी क्याम्पस, पाण्डु माध्यामिक विद्यालय, बालबिकास माध्यामिक विद्यालय,  भवानी माध्यामिक विद्यालय, नमुना आधारभुत विद्यालय र  भवानी आधारभुत विद्यालयलाई एकएक थान पानी फिल्टर र प्लास्टिक जार […]

Continue Reading

नुहाइरहेकी किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ

बझाङ : बझाङमा नुहाइरहेकी किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको बुङ्गल नगरपालिका–४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन् । यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गर्न खोज्ने नेगीलाई २३ गते पक्राउ गरिएको हो । किशोरीलाईसमातेर नेगीले […]

Continue Reading

झाडुपोछा गरेर हुर्काएकी छोरी क्रिकेटर बनिन्, आमा भन्छिन्- मेरा लागि गर्वको बात हो

बझाङ : सुदूरपश्चिम प्रदेश, बझाङको जयपृथ्वी नगरपालिकाकी बासिन्दा मनीषाले उपाध्यायले २०७६ सालमा प्रधानमन्त्री कप क्रिकेट खेलिन्। दुई वर्षपछि, २०७८ सालमा यही खेलमा उनले गण्डकी प्रदेशबाट खेलिन्। सोही वर्ष भएको मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट प्रतियोगितामा मनीषाले गण्डकी प्रदेशको कप्तानी सम्हालिन्। उनको टिमले उपाधि जित्यो। मनीषा अहिले काठमाडौंको क्रिकेट एकेडेमीमा क्रिकेटको प्रशिक्षण लिँदैछिन्। उनकी आमा धनादेवी उपाध्याय […]

Continue Reading

बझाङमा एमालेको नेतृत्व चयन गर्न सकस : चारदिनसम्म सहमति जुटेन

बझाङ : नेकपा एमाले बझाङको असार २२ गते उद्घाटन भएको आठौ जिल्ला अधिबेशनले अझै नेतृत्व चयन गर्न सकेको छैन । एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरब बहादुर सिहंको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । जिल्ला अधिबेशनमा जिल्ला भरिका ८९५ जना प्रतिनिधी सहभाागी भएका छन् । हाल २४५ जना सदस्य रहेको […]

Continue Reading

बलात्कारपछि हत्या : पीडकका आफन्तले दिए सम्झनाको परिवारलाई गाउँ निकाल्ने धम्की

बझाङ :  मष्टा गाउँपालिका–२ खिकालाकी बालिका सम्झना कामीलाई बलात्कारपछि हत्या गरेको अभियोग लागेका राजेन्द्र बोहराका आफन्तले पीडित परिवारलाई धम्क्याउन थालेका छन् । बोहराले दुई वर्षअघि १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेका थिए । उमेर नपुगेको भन्दै उनलाई हाल बाल सुधार गृहमा राखिएको छ । सुधार गृहमा रहेका राजेन्द्रका आफन्त जुस्या भनिने रवि बोहराले सम्झनाका हजुरबुबा […]

Continue Reading

बझाङमा प्रमुख जिल्ला अधिकारी अर्यालको स्वागतमा सलामी

बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्यालको स्वागतमा सलामीबाट सम्मान गरेको छ । जिल्ला प्रहरीले परमपरागत प्रचलनअनुसार सीडीओ सलामीबाट स्वागत गरेको हो । आज सोमवार सीडीओ अर्याल जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षणमा जाँदा सलामीबाट स्वागत गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको ६ महिना भएको छ । तत्कालीन प्रमुख […]

Continue Reading