विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्धारा धामीको न्यायका लागी प्रर्दशन

रिदम सिंह
बझाङ । बझाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नारा जुलुस सहि प्रर्दशन गरेको छ । भारतिय सुरक्षा वल एसएसवीले तुइनको लठ्ठा काट्दा महामाली नदीमा वेपत्ता भएका जयसिंह धामीको न्यायका लागी भन्दै प्रर्दशन गरिएको हो । जिल्ला सदरमुकाम चैनपुरमा एक कार्यक्रमका विच धामीको न्यायको माग गरिएको हो ।
महाकाली नदिमा भारतीय एसएसबीले गरेको चर्तीकला बारे चर्को नारा लगाउदै कडा भन्दा कडा कार्वाही गरियोस भनी कार्यक्रमको संञचालन गरिएको नेपाल कम्युनिष्ट पार्टीका जोग कठायतले बताउनुभयो । भारतिय साम्राज्यवाद मुर्दावाद सिमानाकामा ज्याजति गर्न पाईदैन , यस्तो हर्कत हामीलाई चाईदैन भन्दै नारा लगाइएका थिए ।
लामो समयदेखि भारतिय विस्तारवाद मुर्दावाद भन्दै आएको नेपाल कम्युनिष्ट पार्टी भारत नेपालको छिमेकी शत्रु भएको संज्ञा दिएको छ । नेपाल र नेपाली माथी बेलाबेला भारतले नराम्रो ब्यबहार देखाउने गरेका कारण भारतले असल छिमेकीको भुकिमका निभाउन नसकेको हो । भारतिय सुरक्षा वल एसएसवीले भारतमा रोजगारीका लागी जानेक्रममा तुइन चडेर महामाली नदी पार गर्दैगर्दा तुइनको लठ्ठा काटि दिएको थियो । लठ्ठा काड्दा दार्चुलाका एक युवा महाकाली नदीमा बेपत्ता भएका थिए । घटनाको दोस्रो दिनपनी उनको अवस्था अज्ञात रहेको छ ।