भूगोल हेरेर मात्र योजना बनाउन गाउँपालिका अध्यक्षको आग्रह

सत्यराज सिंह बझाङ  । बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले प्रदेश, संघ सरकार र गैरसरकारी संस्थालाई गाउँपालिकाको भूगोल हेरेर योजना तथा बजेट विनियोजन गर्न आग्रह गरेका छन्। गाउँपालिकामा योजनाहरू मागको आधारमा नआएर फरक तरिकाले आउने गरेको उनले बताए। उनले भने, ‘विद्यालयमा घेराबार आवश्यक छ। भवनको योजना हालेको छ। त्यसमा पनि जयपृथ्वी नगरपालिकामा २२ लाखको भवन […]

Continue Reading

अनलाइनबाट ठगिनेक्रम बढ्दै

साइपालखवर बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नुका साथै भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेकाले सचेत हुन आह्वान गरेको हो । प्रहरीका अनुसार विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी […]

Continue Reading

खप्तड छान्नासहित ७ वटा पालिकाले सामाजिक सुरक्षा रकम पाउनेको नामावली सार्वजनिक गरेनन्

साइपालखवर सम्बाददाता बझाङ । बझाङ जिल्लाका ७ वटा स्थानियतहले सामाजिक सुरक्षा बाफतको रकम तथा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली सार्वजनिक नगरेको पाहिएको छ । महालेखाले हालसालै सार्वजनिक गरेको २०७७÷२०७८ सालको प्रतिवेदनमा सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधी २०७५ अनुसार सामाजिक सुरक्षा पाउनेको नामावली अनुसुची १३ अनुसारको ढाँचामा सार्वजनिक गर्नु पर्ने रहेको भए पनि बझाङका ७ […]

Continue Reading

ठेकेदारलाई मस्ती: जनतालाई सास्ती

मकरराज धामी बझाङ । साइपाल गाउँपालिकाको इंगलद्वार नदीमा ठेक्का सम्झौता भएको पाँच बर्ष वितिसक्दा पनि झोलुङे पुल अझै बन्न सकेको छैन । नदी तर्ने क्रममा बर्सेनि मानिसले ज्यान थाले पछि २०७३ मंसिरमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलिडार परियोजनाल पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । १ सय २० मिटर लम्बाइ भएको उक्त पुल १ करोड […]

Continue Reading

हस्तकला संकलनको लागि पुर्जी नपाएपछी………!

सत्यराज सिहं बझाङ । बझाङ जिल्लाबाट विदेश तथा विशेषत चीनको तिव्बत निर्यात हुने नेपाली हस्तकला तथा फुरु संकलन गर्न डिभिजन वन कार्यालय बझाङबाट पुर्जी नपाउँदा व्यवसायी समस्यामा परेका छन् । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु लगायत अन्य सामाग्रीहरु साइपाल गाउँपालिकाको ताक्लाकोट नाका भएर चिनियाँ बजारमा पठाउने गरिन्छ […]

Continue Reading

बझाङमा ८९ करोड भन्दा बढी बजेट फ्रिज

साइपालखवर बझाङ । बझाङमा केन्द्रिय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ०७७र७८ का लागि सरकारी कार्यालय तथा स्थानीय तहहरूलाई पठाएको रकम मध्ये धेरै बजेट फ्रिज भएको छ । सङ्घीय सरकारले जिल्लामा पठाएको चालु तर्फ ५ अर्ब ४९ करोड ८२ लाख ७१ हजार २ सय १४ रुपैयाँ र पुजिगत तर्फ ३७ करोड ५९ लाख ३६ हजार […]

Continue Reading

केदारस्युँ गाँउपालिका उपाध्यक्षको पहलमा गुर्धामीको परिवारलाई आर्थिक सहयोग

रिदम सिंह बझाङ । केदारस्युँ गाउपालीका ५ कि २३ बर्षिया पवित्रा गुर्धामीको परिवारलाई आर्थिक सहयोग गरीएको छ । मृत्युको कारण पत्ता लागाई न्याय दिलाउन काठमाडौ जानुपर्ने तर पारिवारको आर्थिक अवस्था कम्जोर भएकाले केदारस्युँ गाउँपालिका उपाध्यक्ष निशा ठगुन्ना धामीले सहयोेगको अभियान चलाउनुभएको थियो । काठमाडौं हेरिटेज हाई एकेडेमीको होस्टलमा मृत अवस्थामा भेटीएकी केदारस्युँ ५ कि पवित्रा […]

Continue Reading

अविरल बर्षाले लघुजलविधुतको भवन बगायो: लाखौको क्षेती

सत्यराज सिंह बझाङ । बझाङको मष्टा गाउँपालिका – ५ द्वारीमा विहिबार राती परेको अविरल बर्षाका कारण आएको बाढीले लघुजलविधुतको भवन बगाएको छ । जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविधुत आयोजनाको भवन बगाएको हो । करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविधुत आयोजना द्वारी गाउँका करिब ५सय […]

Continue Reading

कालापहाडको मजदुरी छोडेर तरकारी खेतीमा

मकरराज धामी बझाङ । विहानै उठेर तरकारीको रेखदेख गर्नु, तरकारीका बोटमा पानी तथा मल हाल्नु बझाङको वित्थडचिर गाँउपालिका १, आनन्दपुरका कलक बोहराल दैनिकि बनेको छ । तरकारीबारीमा सधै व्यस्त देखिने बोहरा कालापहाडको मजदुरी छोडेर तरकारी खेतीतर्फ आकर्षित भएका छन । भारतको पिथौरागड, झुलाघाट, मुन्सारी, धार्चुला लगायतका ठाँउमा ज्याला मजदुरी गर्दै आएका बोहराको गत बर्षको कोरोना […]

Continue Reading

सामाजिक सुरक्षा भत्ताको ३९ लाख रूपैयाँ चोरी

साइपालखवर बझाङ ।  बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नु भएका सचिव वपिन्द्र महत् तोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बरवडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते […]

Continue Reading