विवेकशील साझाका जिल्ला संयोजक खड्का नेपाली काँग्रेसमा प्रवेश

बझाङ- विवेकशील साझा पार्टीका प्रभावसाली नेता तथा जिल्ला संयोजक नगेन्द्र बहादुर खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साँझा पार्टीका बझाङ जिल्ला संयोजक रहेका खड्का शनिबार विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसमा प्रवेश भएका खड्कालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंङ्ग बहादुर सिंहले अविर र […]

Continue Reading

बझाङमा १ सय ८३ मतदान केन्द्र तोकिए (लिष्ट सहित)

बझाङ-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि बझाङमा कुल १ सय ८३ मतदान केन्द्र तोकिएका छन् । १२ स्थानीय तह रहेको बझाङमा २ नगरपालिका, १० गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिकाका कुल १४ हजार २ सय ९१ मतदाताले २० मतदान केन्द्रबाट आफूले चाहेको दलका उम्मेदवारलाई मतदान गर्ने […]

Continue Reading

म्यादी प्रहरीको खुल्ला चौरमा लिखित परीक्षा

बझाङ-शुक्रबार बिहान आठ बज्न नपाउँदै बझाङको सदरमुकाम नजिकै रहेको भोपुरको सत्यवादी माविको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो । […]

Continue Reading

नेकपा एमाले अध्यक्ष ओली बझाङ आउँदा ५ सय स्वयंम सेवक खटाउने

बझाङ-पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चैत २८ गते बझाङ आउने कार्यक्रम तय भएपछि नेकपा एमाले जिल्ला कमिटी बझाङ विभिन्न उपसमितीहरु गठन गर्दै प्रचार प्रसारमा खटिएको छ । अध्यक्ष ओली बझाङ आउने भएपछि बाहुली खोलामा रहेको निर्माणाधीन नयाँ बसपार्कमा मञ्चको व्यवस्थापन सुरु भएको छ । अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना […]

Continue Reading

बझाङ जिल्लामा सुकुमवासी आयोग पुन: गठन : पदाधिकारीको नाम गोप्य

बझाङ- चुनावको संघारमा सरकारले बझाङ जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) को जिल्ला समिति गठन गरेको छ । निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो । भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले बझाङ जिल्लामा आयोग गठन गरिएको बताइन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त जिल्ला […]

Continue Reading

बझाङमा कुल मतदाता संख्या १ लाख २२ हजार १ सय ३७

बझाङ- बझाङमा १ लाख २२ हजार १ सय ३७ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जसमध्ये सबैभन्दा बढी बुंगल नगरपालिकामा १९ हजार ५ सय ७६ जना मतदाता रहेका छन् भने सबैभन्दा कम साइपाल गाउँपालिकामा १ हजार ४ सय ९९ जना मतदाता संख्या रहेको कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । गत २०७४ […]

Continue Reading

बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने

बझाङ – बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन बिकासका लागि सुनिकोटदेखि पानकोटसम्म परिक्षण गरिने भएको हो । चैत १८ गते सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा परिक्षण गरिने एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चर प्रालिका प्रबन्ध निर्देशक किशोर खड्काले बताउनुभयो । १८ गते परिक्षण सफल भए […]

Continue Reading

जयपृथ्वीमा मेयरका छोरा नगर प्रहरी, मनोमानी गरिएको भन्दैँ असन्तुष्टि

बझाङ – जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः जाँच गराउन माग गरेका छन् । जयपृथ्वी नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिहरुका आफन्त मात्रै परेको परीक्षार्थी कलक खड्काले बताए । मंगलबार दरखास्त पेस गरेका मध्ये १९ जनाले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै हस्ताक्षर जयपृथ्वी नगरपालिकामा बुझाएका छन् । निवेदनमा परीक्षाको […]

Continue Reading

भाइबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बझाङ- बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया भाइबुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुुलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार पिडित युवतीले मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण जेठाजु र बुहारी दुबैको नाम भने प्रहरीले गोप्य राखेको छ । चैत्र १२ गते बेलुकी युवतीको कोठा भित्र प्रवेश गरी […]

Continue Reading

सुचनाको हकका लागि राष्ट्रिय महासंघ बझाङ शाखाको अध्यक्षमा भुवन सिंह

बझाङ- सुचनाको हकका लागि राष्ट्रिय महासंघ बझाङ शाखाको प्रथम जिल्ला अधिवेशनले भुवन सिंहको अध्यक्षतामा १५ सदस्यीय  कार्यसमिति चयन गरेको छ । शाखाको शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा शितल स्नेही, सचिवमा रिदम सिंह, सहसचिवमा कर्ण धामी र कोषाध्यक्षमा दोरेन्द्र खड्का निरविरोध चयन भएका छन् । कार्यसमिति सदस्यमा कल्पना उपाध्याय, रमेश सिंह, रुपक खड्का, सुनिल मण्डेल, […]

Continue Reading