बझाङभित्रै पहिलो पटक १ जनामा कोराना संक्रमण पुष्टि

स्वास्थ्य / जीवन शैली

बझाङ  -बझाङ भित्रै पहिलो पटक १ जनामा कोराना संक्रमण पुष्टि भएको छ । १ साता अघि भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिका-७ का एक २६ वर्षका युवकमा कोराना संक्रमण पुष्टि भएको हो ।

१५ गते भारतको दिल्लीबाट आएका उनी हाल सुनकुडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए ।

बिहीबार प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । आरडीटी नेगेटिभ देखिएका संक्रमित पुरुषकाे पीसीआर रिपोर्ट भने पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आरडीडी पोजिटिभ देखिएका उनका श्रीमती र छोराको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको  छ ।

संक्रमित पुरुष बिरामी छोराको उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा रहेको वित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले बताए ।

कोरोना पुष्टि भएका युवकमा अहिले कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल बझाङका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले बताए ।

आरडीटी र पीसीआर रिपोर्ट ठीक उल्टिन थालेपछि अब पीसीआर परीक्षणमा जोड दिनुपर्ने डाक्टर खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *