धनगढी, १९ जेठ ।
सुदूरपश्चिममा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार आज कैलालीमा १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीमा एक एक जना पुरुषमामा कोरोनाको संक्रमण पाईएको हो । कैलालीका संक्रमितहरुमा ११ पुरुष र ३ महिला रहेका छन् ।
यो संगै कैलालीमा संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।
कैलालीमा यसअघि ९ जना, डडेल्धुरामा १ जना, दार्चुलामा १ जना, बैतडीमा ५ जना, बाजुरा र अछाममा २ २ जना संक्रमित थिए ।
जसमध्ये कैलालीका ४, कञ्चनपुरको १ र डडेल्धुराको १ जना संक्रमित सञ्चो भएर घर फर्किसकेका छन्
