आर्यनको फिल्ममा साम्राज्ञीको महंगो डिमाण्ड, यस्तो छ १० लाखको किस्सा

नायक आर्यन सिग्देलले निर्माण तथा अभिनय गर्न लागेको चलचित्र ‘कायरा’ अहिले चर्चामा छ । विशेषगरि, यो चलचित्रमा नायक आर्यन सिग्देलसँग नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने भएपछि चर्चा सुरु भएको हो । लक्ष्मण रिजालले निर्देशन गर्ने चलचित्रलाई फिलिपिन्समा खिचिनेछ । आर्यन अहिले यो चलचित्रको निर्माणमा दौडधुप गरिरहेका छन् । यसअघि निर्माता सुवास गिरीसँग मिलेर उनले […]

Continue Reading

निर्वाचनलाई लक्षित गरी चितवनमा ५ हजार सुरक्षाकर्मी परिचालित

चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो । एउटा मतदानस्थलमा कम्तिमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी […]

Continue Reading

हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ । गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर पूरा गर्न बर्सेनी सयौं स्वदेशी तथा विदेशी हिमाली क्षेत्रको पाहुना हुन पुग्छन् । पोखरा निर्वाचनमय […]

Continue Reading

भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् । ‘कम्तिमा पनि पाँच हजार भोटले जितिन्छ,’ निवासको प्रांगणमा भेला भएका कार्यकर्ताहरु चुनावको आँकलन गर्दै थिए । पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका छन् । उनी यसअघि यही […]

Continue Reading

‘प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ’

काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम छन्, कसलाई […]

Continue Reading

संविधान संशोधन हुँदैन, कार्यकारी राष्ट्रपति चाहिँदैन

काठमाडौं । बिराटनगरको चुनावी कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओली आइतबार बिहान राजधानी आइपुग्दा नपुग्दै चितवन जाने हतारोमा थिए । खाना खाएर विमानस्थल जानुपूर्व उनी अनलाइनखबरसँग ४५ मिनेट कुराकानी गर्न तयार भए । वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरिरहेका ओलीलाई हामीले ‘भावी प्रधानमन्त्री’का रुपमा केही ‘हाइपोथेटिकल’ प्रश्नहरु तेस्र्यायौं । जवाफ दिने क्रममा उनको सहज प्रस्तुतिले […]

Continue Reading

‘कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्’

लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि व्यवस्थित हुन निर्देशन दिइरहेका थिए । यस्तो लाग्थ्यो, उनी चुनावका उम्मेदवार नभएर, कुनै लथालिंग घरका अभिभावक हुन् । ‘तपाईहरु मलाई नै खोज्दै किन आउनुभएको ? यो मेरो […]

Continue Reading

प्रमुख निर्वाचन आयुक्तको अपीलः सुरक्षाको बलियो प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस्

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘सुरक्षामा अहिले […]

Continue Reading

शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई बोलाएको छ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ । त्यसो त न्यायाधीश दीपकराज जोशीको […]

Continue Reading

एकै दिन नबिल बैंकले खोल्यो १० नयाँ शाखा

काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ । बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई सेवा सुविधा […]

Continue Reading