दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कर्मचारी आवास […]

Continue Reading

भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब

काठमाडौं । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल […]

Continue Reading

स्थानीय तहपिच्छे करका दर फरक हुँदा अर्थतन्त्र असन्तुलनको खतरा

संघीय राज्य संरचना सँगसँगै गएपछि पनि मुलुकको राजस्व संरचनाको स्परुपमा तात्विक फरक हुने देखिँदैन । संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र स्पष्ट सीमांकन गर्नुका अतिरिक्त बीचमा केही साझा सूचीका विषयलाई पनि समेटेको छ । अहिले केन्द्र सरकारले संकलन गर्दै आएका महत्वपूर्ण राजस्वहरु संघ सरकार अन्तरगत नै राखिएकोले यो संघीय राजस्व प्रशासन अन्तरगत नै […]

Continue Reading

पैसा दिए पचाईदिनुस्, भोट हाल्दा गल्ती नगर्नुस्ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् । काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् । माओवादीको भोट कांग्रेस उम्मेदवार गगन थापातिर जाने सक्ने आशंका बढेपछि ओलीले देशभर कसले के […]

Continue Reading

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।

Continue Reading