साँसद आसा विकले सार्वजनिक गरिन दुई वर्षको प्रगती

बझाङ– बझाङबाट प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने सा“सद आशाकुमारी विकले आफ्नो दुइ वर्षे कार्यकालमा भएको प्रगती सार्वजनिक गरेकी छन । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले सा“सदको हैसियतले गरेका विभिन्न कामको विवरण सार्वजनिक गरेकी हुन ।
सा“सद विकले सार्वजनिक गरेको प्रगतीमा दुइवर्षको अवधीमा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरेको देखी लिएर स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराउनका लागि गरेको पहल सम्मका विवरणहरु समेटिएका छन । सा“सदका हैसियतले गरेको निति निर्माण भन्दा जिल्लाको विकास स“ग सम्बन्धीत विवरणहरु समेटिएको उनको प्रगती विवरणमा जिल्लाको समग्र विकासको लागि आफ्नो पहलमा विभिन्न योजनाहरु ल्याउन सफल भएको दावी गरेकी छन ।
विकले सार्वजनिक गरेको प्रगतीमा दुई वर्षको अवधीमा बझाङका चार वटा विद्यालयमा आइसिटी कम्युटर ल्याव संचालन गरेको, २६ वटा झोलुगे पुलमा बजेट हाल्न पहल गरेको, पा“च जना जोखिममा रहेका सुत्केरी महिलाहरुलाई हेलिकप्टर मार्फत उद्धारको पहल गरेको र भोकमरीको जोखिममा रहेका साइपालका जनतालाई हेलिकप्टर मार्फत खाद्यान्न पुर्याउन सरकारको ध्यानाकर्षण गराएको कुराहरु उल्लेख गरिएका छन । यस्तै यस अवधीमा तीन वटा खानेपानी, सिंचाई आयोजना, ४४ वटा स्वास्थ्य संस्थामा भवन निमार्णको बजेट पनि आफ्नो पहलमा जिल्लामा परेको दावी गरेकी छन ।
उनले सार्वजनिक गरेको विवरणमा आठ वटा स्थानिय तहमा टेलिफोनको टावर निर्मांण देखी चार वटा १५ शैयाको अस्पताल, वालआश्रम निर्माण, खेलकुद मैदान तथा खेल ग्राम निर्माणका लागि पहल गरेको बताएकी छन । यस्तै तलकोट गाउ“पालिकालाई उद्योग ग्राम बनाउने र जयपृथ्वी नगरपालिकालाई आलु जोन बनाउने सम्मका योजनाहरु आफ्नो पहलमा आएको दावी गरेकी छन ।
आफुले यस अवधीमा गरेको प्रगती विवरण सार्वजनिक गर्ने मात्र नभई अबका दिनमा विकासमा कसरी प्रभावकारी भुमिका खेल्न सकिन्छ भनेर सुझाव संकलन गर्नका लागि पनि आफुले यो विवरण सार्वजनिक गरेको वताउदै उनले भनिन ‘सा“सदको हैसियतले मैले थप राम्रो कसरी गर्न सक्छु ? भन्ने कुरामा यहा“हरुको सुझाव लिन पनि आवश्यक ठा“नेकोले यो अवसर जुराएकी हु“’ कार्यक्रममा उनले पत्रकारहरुलाई आफ्ना कमी कमजोरी कोट्याइ दिन पनि अनुरोध गरेकी थिइन ।
सा“सद विकको प्रगती विवरणमा टिप्पणी गर्दै पत्रकारहरुले सा“सदले ल्याएका योजनाहरुमा कमिसनको चलखेल हुने गरेको, योजनाको अनुगमन नहुने गरेको कुरा उठाएका थिए । यस्तै बढ्दै गएको अनियमितताको बारेमा पनि सा“सदले कुरा नउठाएको बारेमा पत्रकारहरुले जिज्ञाशा राखेका थिए । ‘तपाईहरु जिल्लाका अरु विषयमा संसदमा बोल्नु हुन्छ । यहा“ भएको वेथिति र भ्रस्टाचारको विषय किन उठाउनु हुन्न ?’ कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष जगदिश रोकायाले भने ‘स्थानिय तह र प्रदेशमा भैरहेको बेथिती किन संघिय संसदमा छलफल हुदैन’ कार्यक्रममा जिज्ञासा राख्ने अधिकांस पत्रकारहरुले तीन तहका सरकार र जनप्रतिनिधीहरुको विचमा समन्वयको अभावमा विकास निर्माणका आयोजनामा दोहोरोपन आएको र अनियमितता बढ्दै गएको बताएका थिए । उनिहरुले सा“सदहरुले भ्रस्टाचारजन्य गतिविधी रोक्नका लागि सरकारको ध्यानआर्कषण गर्नु पर्नेमा जोड दिएका थिए ।
सा“सद विकले पनी तिन तहका सरकार विच समन्वयको अभाव रहेको, जनप्रतिनधीहरु विच पनि सहकार्य नभएको र अनियमितता बढ्दै गएको बारेमा आफुले समन्वय गर्ने र संसदमा कुरा राख्ने प्रतिवद्धता जनाएकी थिइन । ‘तपाईहरुबाट सुझाव लिएर मैले विकासको लागि भुमिका खेल्ने हो’ उनले भनिन ‘यहा“ उठेका विषयलाई उपयुक्त समयमा उपयुक्त ठाउ“मा राख्ने नै छु’