संविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा रास्वपाको रक्तदान कार्यक्रम

बझाङ : संविधान दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । रास्वपाले जिल्ला अस्पताल सिमखेतमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । ।

कार्यक्रममा ३ जना रक्तदाताले रक्तदान गरेका छन् भने, अन्य ८ जनाले आवश्यक परेको बेला उपस्थित हुने गरी नाम टिपाएको राष्ट्रिय स्वतन्त्र पार्टीका जयपृथ्वी नगरपालिका नगर संयोजक दमन रसाइलीले बताए ।