बझाङ पिसविन र भीएसओको साझेदारीमा संचालित रुपान्तरण कक्षाको सरोकारवालाहरुले अवलोकन तथा अनुगमन गरेका छन । जयपृथ्वी नगरपालिका वडा नं ४ को बालविकास माधामिक विद्यालय गोलाईमा गठित सगरमाथा किशोरकिशोरी समुह रजयपृथ्वी नगरपालिका वडा नं५ को ऋषिकुण्ड किशोर किशोर समुह समुहमा संचालित रुपान्तरण कक्षाको जिल्ला समन्वय प्रमुख नर बहादुर बोहरा, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, उपप्रमुख रतन बहादुर सिंह, वडा नं ४ का वडाध्यक्ष ईश्वर खाती,वडा नं ५ का वडाध्यक्ष प्रेम थापा जयपृथ्वी नगरपालिका महिला तथा बालबालिका शाखाका शारदा जोशी , UNFPA का कार्यक्रम संयोजक धन बहादुर लम्साल त्यस्तै वित्थडचिर गाउँपालिकमा अध्यक्ष अम्मर सिं महर, उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल , वडा नं ३ का वडा अध्यक्ष गणेश ब बोहरा ,महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता अवस्थी र पत्रकारको टोलीले रुपान्तरण कक्षा बाट किशोरकिशोरीहरुमा भएको सिकाई र आएका परिवर्तनका बारेमा जानकारी लिनु भएको छ
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) सहयोगमा पिसविन र भीएसओको साझेदारीमा संचालित रुपान्तरण कक्षाले किशोरकिशोरीहरुको व्यवहारपरिवर्तन, महिला हिंसा, बालविवाह र यौन हिंसा न्युनिकरणका सवालमा किशोरकिशोरीहरुलाई सजग गराईदै आएको छ । समतामुलक समाज निमार्णका लागी किशोरकिशोरीहरुलाई सक्रिय बनाउन रुपान्तरण कक्षाले ठुलो सहयोग पुगाईरहेको सहजकर्ता चाँदनी उपाध्यायले बताउनु भयो । पिसविन र भीएसओको साझेदारीमा जिल्लाको मष्टा, तल्कोट, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिकामा किसोरकिसोरीहरुका लागी रुपान्तरण कक्षा संचालन भईरहेको
छ । चार पालिकाका २४ वटा समुहका ६ सय बढी किसोरकिशोरीहरुले ४० हप्ताको प्याकेज अन्र्तगत बालविवाह न्युनिकरण लगायतका सवालमा सजग गराउदै आएको पिसविनका बझाङ सयोजक भुवन सिंहले बताउनु भयो । कार्यक्रमका वक्ताहरुले रुपान्तरण कार्यक्रम समुन्नतत समाज निमार्णका लागी राम्रो र व्यवहारिक भएकाले पालिका संग समन्वय गरि अघि बढन सुझाव दिनु भयो । नगरप्रमुख चेतराज बजालले पछिल्लो समयमा लैङगिक विभेद, बालविवाह लगायतका सामाजिक कुरीताका घटना नयाँ तवरले हुने गरेकाले यसको रुपान्तरणका लागी रुपान्तरण कक्षाले राम्रो शन्देश दिएको बताउनु भयो ।