बजेट पेस गर्न बुंगल नगरपालिकाको अटेरी

बझाङ : नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बझाङको बुंगल नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेस नगरेको पाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा २ वटा स्थानिय तह रहेका छन् ।

नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर सुदुरपश्चिम प्रदेशका दुई स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।

सुदूरपश्चिम प्रदेशका बुंगल नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाले हालसम्म बजेट पेस गरेका छैनन् ।

यता बुंगल नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत देवराज जोशीले भने बजेट पेस गरिसकेको भनेर आलटाल गरेका छन् ।

उपमेयर धनबहादुर बोहराले भने आफुले बेलाबेला बजेट पेस गर्न भनेपनि नेटले काम नगर्दा पेस गर्न नसकेको कर्मचारीबाट जवाफ आएको बताएका छन् ।

२ हप्ता देखि आमा विरामी भएर धनगढी अस्पतालमा रहेकाले यस विषयमा आफुलाई थप जानकारी नभएको समेत उपमेयर बोहराको भनाई छ ।