जयपृथ्वीका १३ विध्यालयमा निशुल्क सेनेटरी प्याड वितरण

सत्यराज सिंह, बझाङ ।
बझाङको जयपृथ्वी नगरपालिका भित्रका १३ वटा विध्यालयहरुमा निशुल्क पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड वितरण गरिएको छ । किशोरीहरुको शैक्षिक गुणस्तर उकास्न र किशोरीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले हियर नेपाल द्घारा संचालित किशोरी तथा महिला परियोजना अन्र्तगत नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
नगरमा रहेका ९ आधारभुत विध्यालय र ४ वटा माध्यामिक विध्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको छ । जसमा बालमन्दिर आधारभुत विध्यालयमा ४८, देवस्थली अधारभुत विध्यालयमा १६ बालविकास माविमा ५१, धौलदेउ आधारभुत विध्यालयमा ३ सुर्मा आधारभुत विध्यालयमा २०, नमुना आधारभुत विध्यालयमा १३, पाण्डु माविमा ७९, बाल विकास आधारतभुत विध्यालयमा ७, नारायण माविमा ७५, भैरव आधारभुत विध्यालयमा, १०, लुयाटा आधारभुत विध्यालयमा २२, शिशु आधारभुत विध्यालयमा २१ र निलखट्टी माविमा २७ जना महिनावारी हुने किशोरीहरुलाई प्रति किशोरी ५ पिसको एउटा प्याकेट सेनेटरी प्याड वितरण गरिएको हियर नेपालकी नर्स स्टाप पार्वती ऐडीले बताइन् ।
उनले भनिन्, ‘महिनावारी हुने किशोरी तथा छात्रा मात्र नभएर उनिहरुका आमाहरुलाई पनि गाउँमै गएर सेनेटरी प्याड वितरण गरिएको छ । जसमा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरुका साथै किशोरीका आमाहरुलाई पनि उक्त प्याड वितरणका साथै प्याड प्रयोग गर्ने तरिका समेत सिकाएका छौ ।’ विध्यालयमा नै सेनेटरी प्याड वितरण गरिएपछी किशोरीहरुलाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । जयपृथ्वी नगरपालिकाका १३ विध्यालयमा करिब अध्यन गर्ने किशोरीहरु ६ सय २७ जना किशोरीह रहेको मा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरु रहेका छन् ।
विध्यालयमा सेनेटरी प्याड वितरण गरेपछी आफुहरुलाई विध्यालयमा आउनमा सजिलो भएको नारायण मावि पिमीमा अध्यनरत किशोरी आरती सिंहले बताइन् । उनले भनिन्, ‘सेनेटरी प्याड नहुँदा टेबुलमा बस्न अफ्ठ्यारो हुने, ब्लड बग्ने भएका कारण विध्यालयमा आउन लाज लाग्थ्यो । विच कक्षामै घर जानु पर्ने बाध्यता थियो । अहिले सेनेटरी प्याड पाएपछी ब्लड सेनेटरी प्याडमै रोकिने भएकाले पुरै कक्षा पढ्न पाएका छौ ।’ सिंहका अनुसार यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफू जस्तै किशोरीलाई सजिलो भएको उनको भनाइ छ ।
संस्थाले विध्यालयहरुमा महिनावारी हुने किशोरीहरुलाई र उनका आमाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । भने, अन्य विध्यालयमा अध्यन गर्ने तथा महिनावारी नहुने किशोरी र तिनका आमा, र किशोरहरुलाई पनि किशोरा अवस्थामा हुने परिवर्तनका विषयमा १ दिने कक्षा पनि दिएको र किशोरकिशोरी सम्वन्धी किताबहरु पनि वितरण गरिएको संस्थाका जिल्ला संयोजक नारायण प्रसाद जोशीले बताए ।
महिनावारिको समयमा विद्यालय जाँदा विमला सिंहको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । संस्थाले विद्यालयमा प्याड वितरण गरेपछी प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि विचैमा कक्षा छोडेर जानुपर्ने नभएको बताइन् । उनले भनिन्, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कति पल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महशुस हुन्थ्यो । अहिले फेर्नलाई झन्झट हटेको छ ।’ विद्यालयमा प्याड वितरण सुरु भएपछि विद्यालय आउने किशोरीहरूको सङ्ख्या बढेको नारायण माविका शिक्षक दिनेश शाहीले बताए ।
उहाँले भन्नुभयो, ‘अहिले पढाइमा कुनै वाधा पुगेको छैन । अहिले विद्यालय ढुक्क साथ आउन सकिने अवस्था छ ।’ संस्थाले विध्यालयमा किशोरीहरुलाई प्याड वितरण तथा किशोरकिशोरहिरुलाई किशोराअवस्थाको बारेमा कक्षा दिएपछी विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा गरिएको समेत शाहीले बताए । साथै अविभावकहरुले उक्त कक्षाले किशोरकिशोरीहरुको व्यवहारमा समेत परिवर्तन भएको बताएका छन् । संस्थाले निशुल्क वितरण गरेका सेनेटरी प्याडहरु २ बर्ष भन्दा बढी समय सम्म प्रयोग गर्न मिल्ने संस्थाले जानकारी दएको छ । संस्थाले सबै गरी ६ सय २७ किशोर, ४ सय २३ जना किशोरी र ४४ जना शिक्षक गरी जम्मा १ हजार ९९ जनालाई किशोर किशोरी सम्वन्धी कक्षा दिएको छ ।