माओवादीलाई संयोजक महरको चेतावनीः इट्टाको जवाफ पत्थरले दिन्छौं

सामाजिक सञ्जालमा लेखेकै भरमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीका सचिवालय सदस्य दिने चौलागाईलाई पूर्वमन्त्री युवराज दुलालको निर्देशनमा माओवादीको वाईसिएलका नेता प्रह्लाद चौलागाईको नेतृत्वमा केही अराजक, अपराधिक जत्थाले भौतिक आक्रमण गरी घाइते बनाएकोमा आक्रोस जनाउँदै संयोजक महरले उक्त अपराधिक व्यक्तिहरुलाई कानुनी कारवाही नगरे अनेरास्ववियुले जस्ताको त्यस्तै जवाफ दिने चेतावनी दिनुभयो ।