बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण

सत्यराज सिंह

बझाङ ।
वल्र्ड भिजन र प्रगतिशिल युवासमाज बझाङको साझेदारीमा बालबालिकाहरुलाई स्वअध्ययन सामाग्री वितरण गरेको छ । बझाङको जयपृथ्वी नगरपालिकाका ३ वटा वडाका बालबालिकाहरुलाई विहिबार स्व–अध्ययन सामग्री वितरण गरिएको हो ।
कोरोना भाइरस कोभिड १९ को कारण बिद्यालय बन्द भएपछि बझाङका विकट गाउँहरूमा पठन पाठन ठप्प थियो । बैकल्पिक शिक्षा प्रदान गर्ने आधुनिक प्रणालीको पहुँचमा नपुगेका नगरका वडा नं. ६,८,११ मा स्वअध्ययन सामाग्री वितरण गरेसँगै पठन पाठनको ढोका खुलेको छ । शिक्षक र अभिभावकबाट बालबालिकाहरुलाई अध्यापन गराउने शिक्षण बिधि स्वअध्ययन शिक्षण सामाग्री विहिबार देखि वितरण गर्ने कार्यक्रम सुरुवात गरिएको छ ।
बिषम परिस्थितिमा बिद्यालय बन्द हुँदा समेत बालबालिकाको पढाईलाई निरन्तरता दिने उदेश्यले बिध्यार्थीलाई स्व–अध्ययन सामाग्री बितरण गरिएको हो । पहिलो चरणमा जयपृथ्वी नगरपालिका वडा नम्बर ६,८र ११ मा वल्र्डभिजन र प्रगतिशिल युवासमाजले अभियान सञ्चालन गरेका हुन । जयपृथ्वी नगरपालिकाको उक्त वडामा रहेका बालबालिका तथा अविभावकहरुलाई अविभावक सचेतना रेडियो कार्यक्रम संचालन गरी कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई स्व–अध्ययन सामाग्री समेत बितरण गर्ने अभियान सुरु गरिएको प्रगतिशिल युवासमाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताउनुभयो । साथै नगरपालिकाका ३ वटा वडाका ७ सय ४४ जना बालबालिकालाई उक्त सामाग्री वितरण गरेको र अब जयपृथ्वी नगरपालिकामा २ हजार बालबालिका र केदारस्युँ गाउँपालिकामा २ हजार गरी ४ हजार बालबालिकालाई स्वअध्ययन सामाग्री वितरण गरिने समेत जोशीले बताउनुभयो ।