निर्धनले गर्यो ग्राहक सदस्यलाई माक्स र सेनिटाइजर बितरण

साइपालखबर संवाददाता

बझाङ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यलाई माक्स र सेनिटाइजर बितरण  गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर दिनानुदिन बढ्दो क्रममा देखिएको र संस्थाका ग्राहक सदस्यहरू पनि प्रभावित भएकाले सदस्यहरूको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षा र सतर्कता सम्बन्धी सामाग्री प्रयोग गरी व्यवसायलाई निरन्तरता दिन बझाङ शाखाले संस्थामा आवद्ध भएका सवै ग्राहक सदस्यहरूलाई दस हजार थान माक्स र सय बोतल सेनिटाइजर बितरण गरेको हो । विश्व नै आतंकित भएको कोराना भाइरसबाट आफ्ना ग्राहक सदस्यलाई सुरक्षित हुन सहयोग पुगोस् भन्ने सोचका साथ वितरण गरिएको शाखा प्रमुख गौतम  थापाले जानकारी दिए ।

गरिबी र त्यसबाट सृजित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारी रूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरि रहेको  छ । विपतको समयमा पहिलो प्राथमिकता जीवनरक्षा भएका कारण कम्जोर ऋृणी सदस्यलाई उत्थान गदै २०७७ चैत्र मसान्तसम्म ३,७८,४५८ विपन्न गरीव परिवारलाई प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको शाखा प्रमुख थापाले बताए  ।