विपदमा काम लाग्यो, बालकोष

भुवन बहादुर सिंह
बझाङ– बचत गर्न भनेर वाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैया माग्दा बुवा महाविरे सार्कीलाई अनौठो लागेको थियो । १० रुपैया बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पुरा गर्न दिएको १० रुपैया आपतमा काम लागेको छ ।
उनकी छोरी करिश्मा जस्तै यस विद्यालयमा अध्ययनरत वाड नं. ५ का १ सय १० जना विद्यार्थीले गरेको बचत अहिले कोभिड १९को विपतमा सुरक्षित तरिकाले विद्यालय संचालन गर्न काम लागेको छ । गाउँपालिकामा अरु स्कुल बन्द रहेको बेला पनि संचालनमा रहेको यस विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन । वालवालिकाहरुले स्थापना गरेको बालकोषमा जम्मा रकमले कोभिड सुरक्षाको लागि आवश्यक मास्क, सेनिटाइजर लगायत कोभिड सुरक्षा सामाग्री किनेर विद्यालय निर्वाध संचालन भएको छ ।
कोराना महामारीका कारण चैत्र देखी बन्द भएका तलकोट गाउँपालिकाका विद्यालयहरु असोजमा खुले । विद्यालय खुले पनि कोरोनाको जोखिम कायमै थियो । यद्यपी विद्यार्थीहरु स“ग डराइ डराई स्कुल जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रो स“ग संचालन हुन सकेका छैनन । बाँठपाला प्राविमा पनि सुरुका केही दिन यस्तै समस्या भयो । ‘चार पास भएर पँ“च कक्षामा गएकोमा मनमा खुशी त थियो तर कोराना लागेर मान्छे मरिरहेको खवर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो’ कक्षा ५ मा पढ्ने वाल क्लवका अध्यक्ष राकेश सार्कि भन्छन ‘स्कुलमा सबै मास्क नलगाएरै आउथे । गाउ“मा भारतवाट आएका मानिसहरु पनि धेरै भएकोले झन डर लाग्थ्यो’ यही डरका कारण धेरै विद्यार्थी स्कुल आउन छोडे पछि शिक्षक र वालकल्वले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामाग्री किन्ने किन्ने निर्णय गरेको उनले बताए ।
कोषमा जम्मा भएको करिब ११ हजार रकमले विद्यार्थीहरुलाई ६ महिना सम्म पुग्ने गरी मास्क, सेनिटाइजर आदी खरिद गरियो । प्रत्येक विद्यार्थीले मास्क लगाउन थाले र जोखिमपुर्ण अवस्थामा सेनिटाइजर प्रयोग गर्न थाले पछि सबै जना ढुक्क भएर स्कुल जान थालेको कक्षा ५ मा पढ्ने छात्रा वन्दना सिहले बताइन । ‘बालकल्वले मास्क र सेनिटाइजर दिए पछि स्कुल नआउनेहरु पनि ढुक्क भएर स्कुल आउन थाले । अहिले हामीलाई कुनै डर छैन’ अहिले विद्यार्थीहरुमा सरसफाई गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउदा माक्स लगाएर आउने र विद्यालयमा सेनिटाईजर लगाई कक्षा कोठा भित्र जाने गरेको उनको भनाई छ ।
२०७५ साल वैशाखवाट यहा“का विद्यार्थीले बालकोषको रुपमा मासिक १० रुपैया जम्मा गर्न थालेका थिए । एउटा गैरसरकारी संस्था एकिकृत विकास समाज नेपाल (आइडिएस) को सहजिकरणमा बालकल्व गठन गरेर कोषको सुरुवात भएको थियो । कोषमा जम्मा भएको रकमले वालवालिकाहरुलाई विद्यालयमा आउने साना साना समस्याहरुको समाधान गर्न सहयोग गर्ने उद्देश्य राखिएको थियो । बालकल्वमा आवद्ध विद्यार्थीलाई सरसफाई सम्बन्धी सचेतना जगाएर उनिहरु मार्फत समुदायमा सरसफाई अभियान चलाउनका लागि यस्तो गरिएको थियो ।
‘१० रुपैयाले के गर्ने होलान भन्ने ठानेको थिए’ एकजना अभिभावक महाविरे सार्कीले भने ‘अहिले त्यही रकम आपतमा काम लागेको छ । सबै भन्दा ठुलो कुरा हामीले सरसफाई गर भनेर सिकाउनु पर्ने बच्चाहरु उल्टै हामीलाई सरसफाई गर्न सिकाउछन । बच्चाहरुमा आएको परिर्वतन देखेर खुशी लाग्छ ।’
संस्थाले यहा“का शिक्षक तथा वाल क्लवमा आवद्ध विद्यार्थीलाई सरसफाई सम्वन्धि नियमित सचेतना कार्यक्रम पछि समुदाय सरसफाईमा पनि राम्रो प्रभाव परेको छ । । ‘महिनामा एक पटक आइडिएसले सरसफाई सचेतना कार्यक्रम गर्ने गरेको छ । यसले विद्यार्थीको बानीमा धेरै परिर्वतन भएको छ’ विद्यालयका प्रधान अध्यापक बसन्त विकले भने ‘केटाकेटीहरुले स्कुलमा मात्रै होइन, आफ्नो घरमा पनि सरसफाईका कुरा सिकाउन थालेका छन । पहिला फोहोर हुने बच्चाहरु पनि अहिले चिटिक्क परेर स्कुल आउन थालेका छन’
बाल क्लवमा आवद्ध भैसके पछि विद्यार्थीहरुको नेतृत्व विकास समेत भएको छ । उनिहरु विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन । प्रत्येक शुक्रवार कल्बले हाजिरजवाफ, वक्तृत्वकला र अन्य खेलकुदका कार्यक्रम आयोजना गर्ने गरेको छ । गाउँमा समेत विद्यार्थीहरुले कोभिड १९ बाट बच्ने उपाय र सरसफाईको बारेमा कुरा गर्ने गरेका छन । उनिहरु शिक्षक अभिभावको साथ लिएर विद्यालयलाई पुर्ण सरसफाई युक्त विद्यालय वनाउने र बालकोषबाट प्रत्येक कक्षाकोठामा डस्वीनको व्यवस्था गर्ने, अन्य सरसफाई सामाग्रीहरु खरिद गर्ने योजनामा रहेको कल्वका अध्यक्ष सार्कीले बताए ।
विद्यार्थीहरुको आफ्नै पहलमा भएको यस विद्यालयको काम पालिका भरीमै नमुनाको रुपमा रहेको र अरु विद्यालयले पनि यस्तै अभ्यास गर्न थालेको तलकोट गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सिद्धराज भण्डारीको भनाई छ । ‘शिक्षक, अभिभावक र विद्यार्थीले चाहेमा नहुने भन्ने केही रहेनछ । साना तिना कामको लागि पनि पालिकाकै मुख ताक्नेहरुलाई वाठपाला प्राविले गतिलो जवाफ दिएको छ’ उनले गाउ“पालिकाले यो कामलाई अन्य विद्यालयमा पनि लागु गर्ने र सबै विद्यालयमा बालकल्व गठन गर्ने तयारी गरेको बताए ।