उरैँ नाका खुल्ने भएपछि साइपालका स्थानीयमा बढ्यो उत्साह

बझाङ : बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । आगामी असार १६ गतेदेखि चीनको तिब्बतसँग जोडिएको उरैँ नाका सञ्चालनमा आउने भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । चीनको तिब्बतका सुरक्षा अधिकारी र नेपालका तर्फबाट बझाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग केही दिन अगाडि भएको भर्चुअल दुईपक्षीय कुराकानी पछि असार १६ गतेदेखि उरैँ […]

Continue Reading

स्काईवाक टावरका निर्देशकले वितरण गरे, एक सय ७५ विद्यार्थीलाई पोशाक

बझाङ– जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई एक व्यक्तीले खेलकुद पोशाक वितरण गरेका छन । छविस पाथीभेरा गाउँपालिका स्थित चन्द्रोदय माध्यमिक विद्यालयका सबै एक सय ७५ जना विद्यार्थीलाई स्थानिय तेज बहादुर सिंहले पोशाक वितरण गरेका हुन । काठमाण्डौंको कमलादीमा रहेको स्काई वाक टावरका निर्देशक सिंहले आफ्ना पिता संस्थापक रहेको विद्यालयका विद्यार्थीहरुलाई व्यक्तीगत लगानीमा पोशाक वितरण गरेको […]

Continue Reading

नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकको माग

बझाङ : नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकले माग राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा सघाउन लगाएको कार्य नियम विपरित भएको भन्दै उक्त कार्य रोक्न अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले माग गरेको हो । […]

Continue Reading

जयपृथ्वी बहुमुखी क्याम्पसमा २० गतेदेखि गर्मी बिदा

बझाङ: बझाङमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २१ दिन विदा दिएको हो । क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार ९ सम्म गर्मी दिइएको जनाएको छ । क्याम्पस प्रमुख दीर्घराज पण्डितद्धारा जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुलै रहने उल्लेख […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङमा वृक्षारोपण

बझाङ : गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङको परिसरमा वृक्षारोपण गरिएको छ । जेठ १५ गते अर्थात् (आज) परेको गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङले  मंगलबार वृक्षारोपण गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहको नेतृत्वमा गरिएको वृक्षारोपणमा कार्यालयका अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो । […]

Continue Reading

यू–१९ राष्ट्रिय क्रिकेट : अशोक धामीको कप्तानीमा बझाङको टोली घोषणा

बझाङ : वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । अशोक धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले जानकारी दिए । टोलीका अन्य सदस्यमा सन्जय बोहरा, इसान दौल्याल, पुष्कर चन्द, मनोज खड्का, रोशन टमटा, अविशेक मल्ल, पारस रोकाया, पारस शाही, भरत […]

Continue Reading

विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन

बझाङ : विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन भएको छ । विश्वविध्यालयमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला आजबाट सुरू भएको हो । जयपृथ्वी बहुमुखि क्याम्पसमा सुरु भएको उक्त कार्यशालामा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले क्याम्पसलाई गुणस्तरयुक्त बनाउन कार्यशालाले ठूलो […]

Continue Reading

स्थापना दिवसको अवसरमा राट्रिय युवासंघ बझाङद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण

बझाङ : राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी बझाङले जिल्ला अस्पताल बझाङमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । मंगलबार आफ्नो ३५ औँ स्थापना दिवसको अवसरमा युवासंघ बझाङले रक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो । अस्पतालमा भर्ना भएका २० जना बढी बिरामीलाई फलफूल वितरण गरिएको र ६ जनाले रक्तदान गरेको […]

Continue Reading

बझाङमा चुनावी अभियान चलिरहेका बेला एमाले उम्मेदवार दमन भण्डारीलाई पितृशोक

बझाङ  : बझाङ उपनिर्वाचनमा एमाले उम्मेदवार रहेका दमन भण्डारीलाई पितृशोक परेको छ । वैशाख १५ गते हुँदै गरेको बझाङको प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाटका उम्मेद्वार रहेका नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दमन भण्डारीका बुवा चक्र भण्डारीको निधन भएको छ । बिरामी रहेका ८८ वर्षका  भण्डारीको बझाङ छबिसपाथिभरा गाउँपालिका १ भण्डारी […]

Continue Reading

बान्नीकि चैतलीमा भोट माग्दै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी

बझाङ : आइतबार बझाङको छविसपाथिभेरा गाउँपालिकामा लागेको प्रसिद्ध बान्नीकि चैतली जात्रामा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्थे । जात्रामा उम्मेदवारहरु नेता कार्यकतासहित भोट माग्न पुगेका थिए । बझाङमा बैशाख ४ गते अष्टमीबाट विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्राको रौनक जारी छ । यसका साथै चुनावको माहोलले झनै चहलपहल बढाएको छ । अहिले उम्मेदवारहरु भोटमाग्न विभिन्न ठाउँमा आयोजना […]

Continue Reading